चितवन समाचार डटकम
चितवन २४ चैत । इटा बनाउने समयमा पानी परेपछि यस वर्ष समय नहुदै उद्योगहरु बन्द भएका छन् ।
कात्तिकबाट उद्योग चलेर जेठ महिनासम्म सञ्चालन हुने उद्योग यस वर्ष पटकपटक भारी वर्षा हुदा उद्योगहरु बन्द भएका हुन् । विगतका वर्षहरुमा जेठसम्म चलाउने गरेका थियौ अहिले त्यो अवस्था रहेन ईटा उद्योग संघ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाले भन्नु भयो । ‘पानी पर्न थालेपछि १५ दिन अगाडिबाट उद्योगहरु बन्द भएका छन् ’ उहाले भन्नु भयो ‘केही त यस वर्ष नखोल्ने गरी बन्द भएका छन् केही अझै समय कुरेका छन् ।’
इटा उद्योगीहरुको लागि यो वर्ष नोक्सान हुने समयको रुपमा रह्यो उहाले भन्नु भयो । पोल्नको लागि बनाएको काचो इटा उठाउन नमिल्नेगरी पग्लेको छ । पानी पर्न रोकिएपनि केही समय बनाउन लाग्छ सापकोटाले भन्नु भयो ।
खनाल इटा उद्योग सञ्चालक ईश्वरी पण्डितका अनुसार यस वर्ष राम्रोसंग इटा बनाउन नपाउदै पानी परेको छ । सामान्य भन्दा पनि भारी वर्षा हुदा इटा उद्योगको लागि करोडौको घाटा लागेको छ । केही दिनदेखि परेको पानीले करोडौ रुपैयाँको नोक्सान भएको यहाँका उद्योगीहरुले बताएका छन् । वर्षाले गर्दा आठ उद्योग बन्द भएको उद्योगीहरुले जानकारी दिएका छन् ।
गएको माघ १३ गतेपनि वर्षा भएको थियो । यस समयमा ६ करोड रुपैयासम्मको नोक्सान भएको जिल्ला अध्यक्ष सापकोटाले बताउनु भयो । बनाएर राखेको इटा, बनाउन मुछेको माटो, पोल्न राखेको इटा सबै नोक्सान भएको उहाले बताउनु भयो । तीन दिनदेखि परेको पानीले ५ करोड रुपैयाँ भन्दा धेरैको नोक्सान भएको उहाँको भनाइ छ । नोक्सान भएको विवरण संकलन भइराखेको उद्योगीहरुले बताएका छन् ।
जिल्लाको रत्ननगर नगरपािलका, राप्ती नगरपालिका र खैरहनी नगरपलिकामा सञ्चालनमा रहेको १८ वटा ईटा उद्योगका क्षती पुगेको छ । राप्ती नगरपालिका वडा नम्वर ९ को धरेल ईट्टा उद्योगका सञ्चालक कृष्णप्रसाद धरेलले आफ्नो उद्योगमा मात्रै ६ लाख ५० हजार वटा ईटा क्षती भएको जानकारी दिनुभयो ।
यस वर्ष इटा उद्योगीहरुको लागि नोक्सानको समय रहेछ उहाले भन्नुभयो माघ र चैतमा गरी ६ लाख भन्दा धेरै इटा नोक्सान भएको छ । खैरहनी नगरपालिका वडा नम्वर –२ पटिहानीमा सञ्चालीत खनाल ईटा उद्योगमा चिम्नीमा हाल्न ठिक्क पारेको ईटामा क्षती पु¥याएको छ । त्यस्तै बनाएर तयार पारी राखेको ईटामा पनि क्षति भएको अर्का उद्योगका सञ्चालक ईश्वरी पण्डितले जानकारी दिनुभयो । तयारी माटो, चिम्नीमा हाल्नु अघि सुकाउन राखिएको ईटा र बनाएर चाङ लगाएर राखेको ईटामा क्षती पुगेको छ ।
अध्यक्ष सापकोटाका अनुसार क्षती भएको काचो ईटा पुन प्रशोधन गर्न तत्काल नमिल्ने, ज्याला, माटो खरिदमा भएको खर्चका कारणले पानीले गरेको नोक्सानीले उद्यमी पीडित बनेका छन् । एक वर्षपछि पुनः प्रयोग गर्न सकिने यो माटोको मात्रामा ७५ प्रतिशत नयाँ माटो थपेर मात्र उत्पादन गर्न मिल्ने अध्यक्ष सापकोटाले बताउनुभयो ।


