जनप्रिय नेता जेपी भेटवालको स्मृति सभा, उहाँबाट धेरै सिक्न सकिने नेताहरुको भनाइ

चितवन समाचार डटकम
चितवन २१ चैत । जनस्तरमा राम्रो छाप छोड्न सफल भएका जागृतप्रसाद भेटवालको व्यवहारबाट धेरै नेताले सिक्नु पर्नेमा नेकपाका शीर्ष नेताहरुले जोड दिनु भएको छ ।
लोकप्रिय नेता भेटवालको प्रथम स्मृति सभालाई पूर्वी चितवनको भण्डारामा सम्वोधन गर्दै नेताहरुले उहाँको सरल स्वभावको खुलेर प्रसंसा गनुए भयो । कार्यक्रममा नेकपाका वरिष्ठ नेतादेखि सभामा उपस्थित भएका सबैले उहाँको सरल स्वभाव, पार्टी र जनताको काममा दिनु भएको योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको लागि ठुलो योगदान दिनु भएको भेटवालले निधानले क्षती पुगेको बताउनु भयो । जनतासंग छिट्टै घुलमिल हुन सक्ने क्षमता भएको र जनताले पनि मन पराउने नेताको रुपमा रहेकाले उहाँको योगदानलाई मुल्यांकलन गरिने बताउनु भयो ।


नेकपाका सचिवालय सदस्य वामदेव गौतमले नेता भेटवालको जीवनबाट नेताहरुले धेरै पाठ सिक्नु पर्ने बताउनु भयो । जनताको काम भनेपछि हुरुक्कै हुने र आफ्नो निर्वाचन क्षेत्रमा नचिन्ने र नचिनेका व्यक्ति कोही पनि नभएको बताउनु भयो । जनताले उहाँको योगदान र जनताको लागि गरेको विकासले सधै सम्झन लायक काम गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको मथिल्लो कमिटीमा भन्दा तल्ला तहमा ज्यादै लोकप्रिय नेताका रुपमा हामीले सम्झेको बताउनु भयो । जनताको घरदैलोमा पुग्ने र जनताको काममा ज्याद दिएर लाग्ने स्वभावमा हामीले चिनेको बताउनु भयो । उहाको सरल पन जनताप्रतिको लगावबाट हामीले धेरै कुरा सिक्न सकिने पाण्डेले बताउनु भयो । कार्यक्रममा नेकपामा केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेताहरु मुकुन्द न्यौपाने, चितवनको निर्वाचन क्षेत्र नं. २ का सांसद तथा न्याय तथा कानुन मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, काशीनाथ अधिकारीलगायतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।


भेटवालको स्मृतिमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए । नेकपाका नेता जेतेन्द्र खड्काले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता यमवहादुर परियारले गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट