ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ, ६ अर्बभन्दा बढी रकम ठगेको आरोप

काठमाडौं, २० चैत :

ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर,काठमाडौंको टोलीले बस्नेतलाई बुधबार भीमसेन गोलाबाट पक्राउ गरेको हो। उनीविरुद्ध सहकारी ठगिको आरोप छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बस्नेतलाई पक्राउ गरिएको बताए । २०५३ साल चैत ४ मा स्थापना भएको ओरियन्टल सहकारीले १२ हजारभन्दा बढी सदस्यको ६ अर्बभन्दा बढी रकम ठगेको आरोप छ। ओरियन्टल सहकारी २०७० सालदेखि बन्द छ । सरकारले ओरियन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।

सरकारले मुलुकका समस्याग्रस्त सहकारी संस्थाबारे  छानविन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाचबुझ समितिसमेत गठन गरेको थियो ।

यसअघि उनी १० अर्ब ठगीको आरोपमा जेल परेका थिए । अदालतले तोकेको जेल सजाय भुक्तान गरेपछि तोकिएको जरिमाना तिरेर उनी १० महिना अघि छुटेका थिए । ओरेन्टल सहकारी, कोहिनुर हिल हाउजिङ, आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत १३ पुस २०७३ मा पक्राउ परेका थिए ।

शेयर गरौ

ताजा अपडेट