मिल्ने विषयमा संविधान संसोधन आवश्यक

चितवन, ।
कानुन विज्ञ तथा सामाजिक अगुवाहरुले समय अनुसार संविधान आवश्यकता अनुसार परिवर्तन गर्नु पर्ने सुझाव दिएका छन् ।
सरकारले संविधान संशोधन कार्यदल गठन गरेको समयमा सुझब दिनको लागि अगुवाहरुले छलफल गरेको हो । गैर सरकारी संस्था महासंघ नेपाल चितवन शाखाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले संविधानमा नमिलेका विषयहरुलाई समय अनुसार परिवर्तन गर्न सुझव दिएका हुन् । कार्यक्रममा नेपाल बार एसोसियसन चितवन जिल्ला अदालतका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीले संविधानको मुलभुत विषय संसोधन गर्न नमिलेपनि कतिपय वुदामा विज्ञहरुको सुझावका आधारमा परिवर्तन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था, निर्वाचन प्रणाली सुधार, सङघीयताको प्रभावकारिता, समावेशी प्रतिनिधित्व, न्याय प्रणाली सुधार, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार लगायतका विषयहरूमा छलफल गरिएको थियो ।
संविधान स्थिर दस्तावेज मात्र नभई, समय, परिस्थति, आवश्यकता र जनआकांक्षा अनुसार परिमार्जन हुने जीवित दस्तावेज भएको उहाले बताउनुभयो । कार्यक्रममा वागमती प्रदेशका पूर्व सांसद कृष्णप्रसाद भुर्तेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी , सामाजिक अगुवा सुरेश अधिकारीले आफ्नो धारणा राख्नु भएको थियो । गैर सरकारी संस्था महासंघ नेपाल चितवनका अध्यक्ष रामचन्द्र आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 

 

शेयर गरौ

ताजा अपडेट