नेकपाको महाधिवेशन मंसिरमा

 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११(१५ मंसिरसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सयोजन समितिको बैठकले ११ देखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने निर्णय बैठकले गरेको छ । असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

गत १९ कात्तिकमा नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच पार्टी एकता भएको थियो । तर अहिलेसम्म जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन भएको छैन । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीसहितका समूहविच एकता भएको थियो ।

एकतापछि पार्टीको संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० र सहसंयोजक माधवकुमार नेपाल छन्। पार्टीको मार्गदर्शक सिद्धान्त भने मार्क्सवाद, लेलिनवाद राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट