थापाथली सुकुम्बासी बस्तीमा डोजर चलाइयो

 

काठमाडौँ, । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्तीहरू हटाउने क्रममा डोजर प्रयोग गरिएको हो ।

बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्दै आएका बासिन्दालाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ । काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथलीमा बस्ती हटाइसकेपछि आजै गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट