विहान पाँच बजेदेखि नै मतदान केन्द्रमा चहलपहल

 

चितवन । प्रतिनिधि सभाको निर्वाचनको दिन आज विहानदेखि नै मतदान स्थलमा चहलपहल भएको छ ।
विहान ५ बजेदेखिनै मतदाता, राजनीतिक दलका प्रतिनिधि, स्वयम्सेवी, पर्यवेक्षक, सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । चितवनको निर्वाचन क्षेत्र २ अन्तर्गत भरतपुरको कृष्णपुर माध्यमिक विद्यालय स्थलमा पाँचै बजेदेखिनै स्थानीयको भिड लागेको छ । मतदान गराउन खटिएका कर्मचारीहरुले व्यवस्थापन गरेका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन प्रहरी, कर्मचारीहरु मतदान स्थलमा रहनु भएको छ । ८ हजार भन्दा धेरै मतदाता रहेको यो स्थल भरतपुरको व्यस्त स्थान मध्यको एक हो ।
यसैगरी चितवनका अन्य निर्वाचन स्थलमा विहानदेखिनै मतदाता तथा सुरक्षाकर्मीको भिडभाड भएको छ । शान्ति पूर्वक मतदान गर्ने वातावरण निर्माण भएकाले निर्धक्क भएर मतदान गर्न सकिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । कुनैपनि स्थानमा केही समस्या भएमा तत्काल जानकारी गराउन समेत उहाले अनुरोध गर्नु भएको छ ।
चितवनमा निर्वाचन क्षेत्र नंं ३ अन्र्तगत शान्तिपुरमा रहेको प्रहरी विद्यालय केन्द्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विहान ७ बजेनै मतदान गर्ने तयारी रहेको छ । यहाँ मतदान गरेलगतै उहाँको निर्वाचन क्षेत्र रुकुम जाने तयारी रहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट