कृषिमा बजेट वृद्धि आवश्यक

 

चितवन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपकप्रसाद खरालले सरकारले छुट्टाएको अहिलेको बजेटले कृषिको विकास प्रयाप्त नभएको बताउनुभएको छ ।
चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी २०८२ को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उहाले समग्र कृषि क्षेत्रमा ३ प्रतिशत मात्र बजेट विनियोजन गरिएकाले यो प्रयाप्त नभएको बताउनुभयो । उहाले भन्नुभयो “कृषिमा धेरै समस्या छन्, अहिले भएका समस्या समाधान गर्नका लागि कम्तीमा ६ प्रतिशत बजेट विनियोजन हुनु पर्दछ ।”
नेपालको प्रमुख आम्दानीको स्रोत कृषि भइरहदा यसै क्षेत्रमा सरकारको हेर्ने दृष्टिकोण फरक हुदा आत्मनिर्भर तर्फ जान नसकेको उहाको भनाइ थियो । नेपालको प्रमुख वालीको रुपमा धानलाई लिने गरिएको छ । धानबाट जती आम्दानी हुन्छ त्यो भन्दा धेरै दुध विक्रीबाट हुने गरेको उहाले बताउनुभयो । पशु पालन, पशुबाट हुने आम्दानी, दुधबाट हुने आम्दानीले कृषिमा ठुलो योगदान दिएको छ । चितवनमा दुध उत्पादन राम्रो भएको भन्दै पशु पालनका कार्यक्रमलाई प्राथमिकता दिएर सरकारले कृषिलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिनुभयो ।
अहिले भएको दुधको लागत घटाउनु आवश्यक भएको उहाँको भनाइ थियो । पशु आहाराको लागतमा कम गरी दुध उत्पादनको लागत घटाउन सकिन्छ । यसका लागि सरकारको योजना आवश्यक रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास वोर्डका महाप्रवन्धक सञ्जिव झा, दुग्ध उत्पादक संघका केन्द्रीय अध्यक्ष अमरवहादुर कुँवर, कृषि तथा वन विज्ञान विश्व विद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियालगायतले कृषिलाई व्यवसायिक तथा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभएको थियो । जिल्ला दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर वगालेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । चारदिनसम्म चल्ने डेरी प्रदर्शनीमा डेरीजन्य उत्पादन अनुसन्धानका विषय राखिएको थियो ।

शेयर गरौ

ताजा अपडेट