भरतपुर जनसेवा सहकारीले कमायो २ करोड ९ लाख, नयाँ अध्यक्षमा सेढाईं

 

चितवन, २१ भदौ ।
भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा २ करोड ९ लाख रुपैँया नाफा आर्जन गरेको छ ।
संस्थाको आज भएको बार्षिक साधारण सभामा जारी गरिएको प्रतिवेदन अनुसार बर्षको कुल आम्दानी ६ करोड ८४ लाख र कुल खर्च ४ करोड ३९ लाख भएको छ ।
भरतपुर महानगर पालिका -१२ मा मुख्य कार्यालय रहेको यस सहकारीमा वडा नं १ देखी १६ र २९ गरी १७ वटा वडाका ४ हजार ३७६ जना सदस्य छन् ।
कुल बचत रकम ५० करोड ४० लाख मध्य ४० करोड ६३ लाख लगानीमा रहेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष कुलवहादुर खत्रीको अध्यक्षता एवम् बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा भरतपुर-१२ का वडाअध्यक्ष लेखराज पन्त हरी विशिष्ट अतिथी रहनुभएको थियो ।

उपाध्यक्ष शेषमणी नेपालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम बेदप्रसाद बँजगाइले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट नतिजा ल्याएका बिधार्थी, असल कारोबार गर्ने सेयर सदस्यहरुलाइ सम्मान गरिएको थियो ।


साधारण सभाले संस्थाको नयाँ सञ्चालक समिति समेत सर्वसम्मत निर्वाचित गरेको छ ।
नवनिर्वाचित समितिको अध्यक्षमा चेतप्रसाद सेढाइ, उपध्यक्षमा रामप्रसाद सापकोटा, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा महेन्द्रप्रसाद न्याैपाने, र सदस्यहरुमा संगिता थापा, मिना पौडेल, बिमला भट्टराइ, भरतवहादुर सुवेदी, छन्दलाल इटनी रहनुभएको छ । यसैगरी भरतप्रसाद काफ्लेको संयोजकत्वमा कुमार उप्रेती र हरिप्रसाद भट्टराइ सदस्य रहेको लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट