चितवन ।
सङ्घीय कार्यालय मातहत जिल्लामा पुजीगत बजेटमा ७७ दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा विनियोजन बजेटमध्ये ७७ दशमलब ८५ प्रतिशत मात्र खर्च भएका कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले जानकारी दिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका कार्यालय प्रमुख यमनारायण शर्माले पुँजीगत खर्चका लागि १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । विनियोजित बजेट मध्य सात अर्ब ८२ करोड ३८ लाख ८० हजार ६२७ खर्च छ ।
पुँजीगत खर्च वृद्धि नहुनु पुरानै परम्परा भएको उहाले बताउनुभयो । विकास निर्माणको काम समयमा नसकिनु र अन्य विविध कारणले गर्दा पुजीगत खर्च वृद्धि नभएको हुन सक्ने शर्माले बताउनुभयो । कार्यालयले दिएको जानकारी अनुसार चालुतर्फ ९६ दशमलब २२ प्रतिशत बजेट खर्च भएको छ ।
१३ अर्ब ५६ करोड ५६ लाख ८७ हजार ८३१ रुपियाँ विनियोजन भएकोमा १३ अर्ब पाँच करोड ४० लाख चार हजार ५६१ रुपियाँ मात्र खर्च भएको शर्माले बताउनुभयो । सङ्घीय सरकारले जिल्लाको विकासका लागि आठ वटा कार्यालयलाई बजेट खर्च गर्न विनियोजन गरेको थियो । विनियोजित रकम मध्य सघन सहरी तथा भवन आयोजनाको बजेट धेरै फ्रिज भएको छ । कार्यालयलाई विनियोजित बजेट रु तीन अर्ब २९ करोड सात लाख एक हजारमध्ये दुई अर्ब १३ करोड ७५ हजार २३ लाख ३३२ मात्र खर्च भएको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडबहादुर थापाले निर्माणको असारमा बजेट आएकाले खर्च गर्न नसकिएको जानकारी दिनुभयो । ढिलागरी बजेट आएर खर्च गर्न दिएपछि काम गर्न नसकिएको उहाँको भनाइ छ । सरकारले यस कार्यालयमा अन्तिम समयमा रु ५० करोड थप गरेको थियो । अन्तिमा आएको बजेट खर्च हुन नसक्दा फ्रिज भएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डमा पुँजीगत खर्चका लागि एक अर्ब ३८ करोड १३ लाख ६० हजार बजेट विनियोजन भएको थियो । कार्यालयले ९७ करोड ५४ लाख ३० हजार ३३८ मात्र खर्च गरेको छ । सडक डिभिजन कार्यालय भरतपुरमा एक अर्ब १६ करोड १६ लाख २६ हजार ६९१ रुपियाँ बजेट विनियोजन भएको थियो । त्यस मध्य एक अर्ब दुई करोड ९६ लाख ३१ हजार ५८५ रुपियाँ मात्र खर्च भएको छ ।
बागमती प्रदेश सरकारले जिल्लामा विनियोजन गरेको पुँजीगत खर्चतर्फ ८८ दशमलव १८ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले जिल्लामा विनियोजन गरेको एक अर्ब ९९ करोड चार लाख १४ हजार विनियोजन गरेको थियो । ती रकम मध्य एक अर्ब ६१ करोड ७९ लाख ५६ हजार ४५० रुपियाँ खर्च भएको छ । चालु खर्चतर्फ ८३ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ । एक अर्ब ६२ करोड ९४ लाख ६५ हजार ९८८ विनियोजन गरेकामा एक अर्ब ३६ करोड ८८ हजार ३११ मात्र खर्च भएको छ ।


