काठमाठौं, १९ फागुन ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।
उनलाई स्व. मदन भण्डारी र मनमोहन अधिकारीलाई जलाइएकै घाटमा अन्त्यष्टि गरिएको छ । अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका छन् । अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका छन् । शव यात्रादेखि पशुपति आर्यघाटसम्म नेता–कार्यकर्ता र सर्वसाधरणको घुइँचो लागेको थियो ।


