व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघको ध्यानाकर्षण

चितवन ६ कात्तिक । आर्थिक अवस्था कमजोर हुदै गएको अवस्थामा बैंकले व्याजदरमा गरेको वृद्धि नेपाल राष्ट्र बैंकको वितीय नीतिप्रति नेपाल मुद्रण उद्योग महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ द्वारा जारी विज्ञप्तिमा असोज महिनादेखि बैंक वितीय सस्थाहरुले व्याजदरमा वृद्धि गर्दा व्यापार व्यवसार उद्योगीहरु सञ्चालन गर्न नसकिने अवस्था आएको जनाइएको छ । महासंघका अध्यक्ष खोमकान्त रेग्मी र महासचिव कमलप्रसाद पोखरेल द्धारा जारी गरिएको विज्ञप्तिमा कोराना महामारी र त्यसपछि भएको मुल्यवृद्धिले गर्दा समस्यामा परेको जनाइएको छ ।
आर्थिक मन्दीको चपेटामा परिरहेको अवस्थामा पनि रोजगार प्रदान गरिरहेको साथै अर्थतन्त्रलाई पनि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको मुद्रण व्यवसायमा भएको ऋण लगानीको व्याज मनपरी ढङ्गले महिनैपिच्छे बढाउने, अन्य शुल्क लिएर आर्थिक भार थप्ने, व्याज ÷ किस्ताको लागि बारम्बार ताकेता साथै मानसिक तनाव दिने जस्ता कार्यले सिंगो मुद्रण उद्योग नै हतोत्साही भएको जनाइएको छ ।
अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ भनिएको छ ।

शेयर गरौ

ताजा अपडेट