हवाइ भाडा बढ्यो : अब भरतपुर काठमाण्डौं पाँचहजार रुपियाँ

काठमाडौँ २३ असार । आन्तरिक हवाई भाडा बढेको छ । यसअघि नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएअनुसार फ्युल सरचार्ज बढेको हो ।

निगमले सोमबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १८५ रुपैयाँबाट बढाएर १९० रुपैयाँ पुऱ्याएको थियो । यसले उडानको अधिकतम भाडा बढ्न गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुनेगरी फ्यूल सरचार्ज अनुमोदन गरी पठाएको छ ।हवाई इन्धनको मूल्य घटबढ भएअनुसार अटोमेटिक नयाँ फ्यूल सरचार्ज तय हुँदा हवाई भाडाको अधिकतम शुल्क पनि सामान्य घटबढ हुने गर्छ ।

नयाँ फयूल सरचार्जअनुसार काठमाडौं धनगढीको भाडादर सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । काठमाडौं सिमरा उडानमा सबैभन्दा कम ४५ रुपैयाँ बढेको छ । अब काठमाडौं धनगढीको अधिकतम हवाई भाडा १७ हजार २५ रुपैयाँसम्म पुगेको छ भने काठमाडौं सिमराको हवाई भाडा सबैभन्दा कम अधिकतम ४ हजार २४० रुपैयाँसम्म पुगेको छ । भरतपुर काठमाण्डौ हवाइ भाडा ४९९० रुपियाँ पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट