जनताकाे ढाड सेक्ने गरि फेरि बढ्याे ईन्धनकाे मुल्य

काठमाडौँ, २ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले आजै राती १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको छ ।

यससँगै अब पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ ।

डिजेल/मट्टीतेलको प्रतिलिटर ५ रुपैयाँ मूल्य वृद्धि भएर १ सय ३८ रुपैयाँ पुगेको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने पहिलोको नै रहेको छ । निगमले प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ घाटा ग्यास विक्री गरिरहेको निगमले बताएको छ ।

हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १५ रुपैयाँ बढेर १ सय ५१ रुपैयाँ नयाँ मूल्य तोकिएको छ ।

शेयर गरौ

ताजा अपडेट