नवीन नेपाल । चितवन । नारायणी नदी किनारमा पाँचदिने यामाहाको महा एक्सचेन्ज मेला सुरु भएको छ ।
नेपालमा धेरै विक्री हुने मोटरसाइकल तथा स्कुटरको कम्पनी दावी गर्दै मेलाको आयोजना गरेको हो । आइतबारबाट सुरु भएको एक्सचेन्ज मेलाको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले उद्घाटन गर्नु भयो । उहाले मेलाबाट उपभोक्ताले राम्रो लाभ पाउने बताउनुभयो ।
अटो बजार विस्तारै वृद्धि भएको भन्दै खरिद बिक्री गर्नेहरुको लागि राम्रो अवसर भएको जानकारी दिनुभयो । मेलाले जिल्लामा आर्थिक गतिविधि चलायमान गराउन मद्यत पुगेको बताउनुभयो । ट्राफिक प्रहरी कार्यालय वागमती प्रदेशका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले पुराना सवारीसाधनको एक्सचेन्जले सडकमा हुने दुर्घटनाको संख्यामा कमी ल्याउन सहयोग गर्नु पर्ने बताउनुभयो ।
यामाहा मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु र नवीन अटोको संयुक्त आयोजनामा सुरु भएको मेलामा कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटर साट्न सकिने जनाइएको छ ।
नवीन अटोका प्रबन्ध निर्देशक कपील कर्माचार्यले मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा १० हजार रुपैयाँ थपिने जानकारी दिनुभयो । मेलामा नयाँ मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको छ । एक्सचेन्ज मेलामा २ सय ५० मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने तथा एक हजार ग्राहकलाई टेस्ट राइड गराउने लक्ष्य राखिएको छ । प्रत्येक टेस्ट राइडमा निःशुल्क बोटिङ टिकटको पनि व्यवस्था गरिएको छ ।


