शेयर मार्केटमा बहार : उच्च अङ्कले वृद्धि भएर कारोबार बन्द

 

चितवन २८ मंसिर । लगातार ओरालो लागेको शेयर मार्केटमा आज बहार आएको छ ।
साताको तेस्रो दिन कारोबारु सुरु भएबाट हरियो सिङ्नल दिएको मार्केटमा दुई घण्टामा नै उच्च अङ्कले वृद्धि भएर बजार बन्द भएको हो । शेयर कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले वृद्धि भए पछि४० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर मार्केटमा लगानी साम्राज्यवादको नया रुप भनेका थिए । त्यसपछी झन मार्केट ओरालो लागेको थियो । सोमबार आफ्नो बोलिलाइ सच्याउदै साना लगानीको संरक्षण गर्नु पर्ने बताएका थिए ।
आज बजारले राम्रो सन्केत गरेको लगानीकर्ताले बताएका छ्न ।

शेयर गरौ

ताजा अपडेट