चितवन समाचारडटकम
चितवन, २३ मङ्सिर । चितवनमा एकैपटक आयोजना हुने दुइ ठुला महोत्सबले दुइ क्षेत्रलाई प्रवद्र्धन गर्ने भएको छ ।
नेपालकै ठुला महोत्सब मध्य पर्ने चितवनका दुइवटा महोत्सबले पर्यटन क्षेत्र र माछापालनलाई प्रचार प्रसार गर्ने भएको हो । जिल्लाको नारायणीनदी किनारमा आयोजना हुने चितवन महोत्सबले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने तयारी गरेको छ ।
चितवनको नारायणगढमा विहीबार दुइ वटा आयोजक सस्थाले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी फरक विषयलाई प्रवद्र्धन गर्ने जानकारी गराएको थियो ।
चितवन महोत्सब आयोजक सस्था उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी महोत्सबमा प्रचार गर्ने तयारी रहेको जानकारी दिनु भयो ।
कोभिडको कारण पर्यटन क्षेत्रमा धेरैनै असर परेको छ, त्यसको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षमा महोत्सब केन्द्रीत गर्ने छौ । चितवनको चिनारी, यहाँका पर्यटन गन्तव्य, बस्ने स्थान, नयाँ सम्भावना लगायतको जानकारी गराउने कार्यक्रम रहन्छ प्रधानले बताउनु भयो । संघका अध्यक्ष राज श्रेष्ठले यस वर्षको महोत्सबलाई स्वास्थ्य मैत्री बनाउनको लागि थोरै स्टल राखेर व्यापार प्रवद्धृन गर्ने जानकारी दिनु भयो ।
यस्तै गरी रत्ननगर महोत्सबमा यस वर्ष माछापालनलाई प्रवद्र्धन गर्ने तयारी रहेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । विगतका वर्षहरुमा मौरी पालन, केरा व्यवसाय, पोल्ट्री, दुग्ध उत्पादनलाई केन्द्रीत गरेका थियो यस वर्ष भने माछा पालनलाई गर्नेछौ । चितवन जिल्लामा माछापालन वृद्धि भइराखेकाले यस क्षेत्रको फाइदा, बजारको अवस्था र यस पेसामा लाग्नको लागि सहजताको विषयमा जानकारी दिने उद्देश्य रहेको उहाले बताउनु भयो ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारमा पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सब आयोजना हुदैछ । यस महोत्सबमा १५० वटा स्टल रहनेछ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पूर्वी चितवनको टिकौली चौरमा पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सब आयोजना हुदैछ । दुवै सस्थाले आयोजना गर्ने महोत्सब सफल बनाउन सबैलाई अनुरोध गरेको छ ।
विसं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको थियो । फरक वर्षमा आयोजना गर्ने निर्णयअनुसार अन्तिमपटक बिजोर वर्ष २०७५ मा चितवन महोत्सव भयो भने २०७६ मा रत्ननगर महोत्सब भएको थियो । विगतको तथ्याङकलाई हेर्दा चितवन महोत्सवमा रु पाँच अर्ब हाराहारी व्यापार हुने गरेको थियो । यस्तै गरी रत्ननगर महोत्सबमा पनि सोही अनुपातमा व्यापार हुने गरेको विवरणमा उल्लेख छ ।


