चितवन ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चर्चित नेता देवी ज्ञवाली भूमि सम्वन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त हुनु भएको छ ।
नेपाल सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले चितवन निवासी ज्ञवालीलाई सो जिम्मेवारी दिएको हो । चितवन समाचार डटकमसंग कुरा गर्दै नेता ज्ञवालीले भूमि सम्वन्धी समस्या समाधानको लागि सबैको साथ र सहयोगको अवश्यकता रहेको बताउनु भयो । आफू एक्लैले भन्दा पनि सबैको साथ र सहयोगले मात्र वर्षौदेखिको समस्या समाधान गर्न आफू सक्षम भएको प्रतिक्रिया दिनु भयो ।
राजनीतिक दल, विभिन्न सामाजिक व्यक्ति, संघ सस्था, पत्रकार, सामाजिक अभियन्ता सबैको साथबाट भूमि सम्वन्धी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सुकुम्वासी समस्या समाधानको विषयमा प्रशिक्षण तथा योजना समेत दिन सक्ने नेताका रुपमा रहनु भएका ज्ञवाली तत्कालिन नेकपा एमालेको जिल्ला प्रमुख, भरतपुर नगरपालिकाको उपप्रमुखको जिम्मेवारी पूरा गरिसक्नु भएको छ ।
स्थानीय पालिकाको निर्वाचनमा त्तकालिन नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा प्रतिष्पर्धा गर्दा उहाँको चर्चा देशभरी चुलिएको थियो । थोरै मतका कारण पराजित हुनु भएका उहाँको राजनीति सादगी जीवनलाई सबैले सम्मान गरेका छन् ।


