चितवन ७ फागुन । इटा उद्योगमा कार्यक्रम सञ्चलन गर्दै आएको बेटर ब्रिक नेपालले त्यहाँका कामदारलाई मापदण्ड सम्बन्धी एकदिन तालिम दिएको छ ।
युथ क्लब नारायणगढ अन्तरगर्त सञ्चालिक परियोजनाले खैरहनी नगरपालिका वडा नं. २ मा रहेको खनाल इटा उद्योगका कामदारहरुलाई तालिम दिएको हो ।
ईट्टा उत्पादनको बिभिन्न किसिमको काम गर्ने ९२ जना नाईके तथा कामदारहरु तालिममा सहभागी भएका थिए ।
श्रम ऐन २०७५ र श्रम नियमावली २०७६ मा श्रमिक सम्बन्धि व्यवस्था भएका नीति नियम र बेटर ब्रिक नेपाल कार्यक्रम लागु भएका उद्योगका वडापत्र, बालश्रम, स्वास्थ(सुरक्षा, श्रमको सम्मान, बिभेद, जबरजस्ती र ईच्छा बिपरित काम गर्न बाध्य बनाउन नपाईने, महिलालाई दुर्ववहार गर्न नहुने, ८ घण्टा काम ८ घण्टा सुताई र ८ घण्टा विश्राम बारेमा छलफल गरियो । उमेर अनुसार बोक्ने तौतको मापदण्ड र १५ देखि १८ बर्ष उमेरका किशोर किशोरी को काम सम्बन्धि कानुनी व्यवस्था बारेमा मजदुर बीच अन्तरक्रिया भएको थियो । सरसफाइ र स्वास्थ्यको महत्व र मादक पदार्थको हानि र असरबारे लघु फिल्म समेत देखाईएको थियोे । तालिमको आवश्यक तारतम्य मिलाउने व्यवस्थापन कार्य सामाजिक परिचालक द्वय दुर्गा भण्डारी र सेसा लामाले गर्नु भएको थियोे भने तालिमको सहजीकरण बेटर ब्रिक नेपाल कार्यक्रमका फिल्ड संंजोजक रामचन्द्र आचार्यद्वारा गरिएको थियोे ।
सहभागीहरुले कामदार समिति र गुनासो सुनुवाइ समितिका काम कार्वाही बारे जिज्ञासा राखेका थिए । गिरन्त घटाउन र कमाई लाई सहि सदुपयोग गर्न पेश्की लिने गरेको रकमको भोलुम घटाउनु पर्ने कुरामा सहमत भए ।


