चितवन माविमा पुरस्कार वितरण समारोह सम्पन्न

केशव पौडेल

चितवन, २ माघ । चितवन माध्यमिक बिद्यालयले आफ्नो ६५ औं बार्षिकोत्सव अन्र्तगत आज आन्तरिक पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।
ब्र्षदिन भरि बिद्यालयका बार्षिक तथा त्रैमासिक परिक्षाहरुमा प्रथम , द्धितिय र तृतिय हुने बिद्याथीृहरु तथा बिद्यालयले सञ्चालन गरेका बिभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजयी हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम लामिछाने मिलनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमममा चितवन माध्यमिक बिद्यालय बिज्ञ समुहका संयोजक जगदिश्वर खनाल , प्रधानाध्यापक मुक्तीराम लामिछाने लगायतले बधाई ज्ञापन गर्दे शुभकामना व्यक्त गर्नुभएको थियो ।
बिद्यालयले भोलि बिहिबार एक भव्य समारोहका बिच आफ्नो ६५ औं बार्षिकोत्सव समारोहको आयोजना गर्देछ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको सम्पुर्ण तयरा िपुरा भएको बिद्यालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट