“गीता अध्ययन प्रतिष्ठान चितवन” गठन

चितवन । चितवनमा “गीता अध्ययन प्रतिष्ठान” को शाखा गठन गरिएको छ ।

शैक्षिक क्षेत्रको नीतिगत सुधार सँगै शैक्षिक संस्थाहरुमा गीता, भागवतको अध्ययन गर्नको लागि गठन गरिएको हो ।गीता सम्बन्धी जनमानसहरुमा जागरुक गराउँदै प्रचारप्रसार गर्ने, गीताको अध्ययन मार्फत मन, मस्तिष्क र शरीरलाई नियन्त्रण गरेर अद्यात्मक बनाउने, उदेश्य रहेको छ ।

चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा सुरक्षा रेग्मी सापकोटा, सचिवमा कविता खतिवडा, कोषाध्यक्षमा माधव प्रसाद पोखरेल, कार्यसमिति सदस्यहरुमा अम्बिका भण्डारी, ज्योति पोखरेल लम्साल, शालिकराम दुवाडी, मनोज चापागाईं, जानुका के.सी., ध्रुब प्रसाद काफ्ले, चन्द्र प्रसाद आचार्य, राजु भट्ट र ईश्वरा तिवारी रहनुभएको छ ।
समितिको सल्लाहकारमा ध्रुव वाग्लेलाई चयन गरिएको छ ।  समितिको आगामी बैठकमा थप सदस्य थप गरी समितिलाई पूर्णता दिईने निर्णय समेत गरिएको थियो ।
नवगठित समितिको पहिलो बिशेष बैठकले प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रम मोडालिटी, नियमित बैठक सञ्चालक प्रक्रिया, प्रतिष्ठानले समाजका गर्न सक्ने कार्यहरु लगायतका विषयमा छलफल गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट