काठमाडौं, ११ असार ।
स्पेनिस लिग फुटबलमा रियल मड्रिड पुनः शीर्ष स्थानमा फर्किएको छ ।
गए राति घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २–० ले पराजित गर्दै रियालले शीर्ष स्थानको बार्सिलोनालाई उछिनेको हो ।
खेलमा रियाललाई विजयी गराउन भिनिसियस सुनियर र कप्तान सर्जियो रामोसले एक एक गोल गरे ।
जितसँगै रियाल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियालले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको छ । एजेन्सी