चितवन १४ माघ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यमा जुनसुकै व्यवस्था भएपनि पत्रकारलाई स्वतन्त्र पूर्वक लेख्न पाउने अधिकार सुनिश्चित गर्नु पर्ने बताएका छन् ।
प्रेस काउन्सिल नेपालले भरतपुरमा सोमबार आयोजना गरेको पत्रकार आचार संहिता जागरण कार्यक्रममा सम्बोधन गर्दै उनले पत्रकारलाई लेखेको भरमा दण्डा लगाउने प्रवृतिका कानुन निर्माण गर्न लागेको भन्दै आपत्ती जनाए । समाचार लेखेको भरमा सजाय पाउने दण्डित हुनु पर्ने अवस्था आउन नहुनेमा उनले जोड दिए ।
उहाले भन्नु भयो ‘पत्रकार महासंघको पहिलो आवाज लेख्न पाउने रहेको छ, लेख्न पाउने अधिकार कुनै पनि नाममा हनन् गर्न हुदैन’ उनले भने ‘निर्धक्कसंग लेख्न सक्ने वातावरण गर्नु पर्दछ, पत्रकारलाई दण्डा लगाएर तह लगाउछु भन्ने सरकारले सोच्न हुदैन ।’ पत्रकार आफैले आचार संहिता बनाएका छन् त्यही अनुसार काम गर्दछन् । स्वतन्त्र पूर्वक लेख्ने वातावरण भएमा मात्र समाज सुसुचित हुन पाउनेछन् ।
पत्रकार महासंघले आफैले आचार संहिता बनाएको भन्दै त्यही अनुसार काम भइराखेको बताए । कार्यक्रममा उनले पत्रकार आफै धामीझाक्री जस्तो गरी प्रस्तुत हुन नहुने बताए । आफैले हत्यारा वा दोषि देखाइ दिने र न्याय पनि आफै दिने जस्तरी समाचार लेख्न नहुने बताए । समानुपातिक ढंगले विज्ञापन वितरण गर्नु पर्ने भन्दै उनले महासंघले यो विषयमा धेरै पटक बोलेको बताए । स्थानीय निकायको विज्ञापन त्यहीको सञ्चार माध्यममा प्रकाशित गर्न दिनु पर्नेमा जोड दिए ।
पत्रकारको लागि सबै भन्दा पहिलो पटक सन् १८७४ मा स्वीडेनमा आचार संहिता बनाइएको थियो । त्यसपछि वेलायतमा बनाएको थियो । हरेक सञ्चारगृहले त्यहाँ आचार संहिता बनाएका छन् । युरोपियन मुलुकमा सन् १९३०मा आचार संहिता बनाएका हुन् ।
नेपालमा २०१५ सालमा आचारसंहिताको बहस शुरु भएको थियो । त्यही वेलाबाट यसको औपचारिक बहस हुन थाल्यो । २०२४ मा आचार संहिताको निर्माण कार्य भयो । २०२७ हुदै २०६० सालपछि पत्रकार महासंघ र प्रेस काउन्सिल मिलेर बनायो । पछिल्लो आचारसंहिता २०७३ मा निर्माण भएको छ । यही आचार संहितामा रहेर पत्रकारहरुले आफ्नो पेशालाई मर्यादित बनाउदै आएका छन् ।
पत्रकार महासंघ चितवनका अध्यक्ष राशेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभारी पत्रकारले आचार संहिताको बारेमा भनाइ राखेका थिए ।