चितवन, फागुन २७ ।
नेपाल कम्युनिष्ट पार्टी कालिका नगरपालिका वडा नम्वर ४ पदमपुरले स्थानीय पार्टी सदस्यका आमा विष्णुकुमारी अधिकारीको निधनमा दुःख ब्यक्त गर्दै आज श्रद्धान्जली सभा सम्पन्न गरेको छ ।
पार्टी सदस्य ठाकुरप्रसाद अधिकारी, कृष्णप्रसाद अधिकारी, केदारप्रसाद अधिकारी र बद्री अधिकारीका आमा विष्णुकुमारीको ९८ बर्षको उमेरमा निधन भएको हो ।
अधिकारी निवासमै गरिएको श्रद्धान्जलीसभामा चितवन निर्वाचन क्षेत्र नम्वर २ का साँसद एव्म नेकपाका नेता कृष्णभक्त पोखरेलले स्वर्गीय अधिकारी प्रति श्रद्धासुमन ब्यक्त गर्दै परिवारजनमा समवेदना ब्यक्त गर्नुभयो ।
अधिकारी परिवारले पार्टी निर्माण र सामाजिक क्षेत्रमा गरिरहेको गतिविधीको चर्चा गर्दै साँसद पोखरेलले स्वर्गीय आमाको प्रेरणाले परिवारजनलाई ठुलो मलजल गरेको बताउनुभयो ।
शोक सभामा बर्तमान सरकारको कामकारवाहीवारे संक्षिप्त उल्लेख गर्दै साँसद पोखरेलले यो बर्ष कानुन निर्माण र आधारशिला बनाउन बितेको तर आगामी बर्षवाट जनताले अनुभुत हुनेगरी बिकासका कार्यक्रमहरु अघि बढ्ने बताउनुभयो ।
स्थानिय पार्टी संयोजक हिमाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल अविनाश, नेकपा चितवनका नेताहरु नारायण अधिकारी, जयचन्दप्रसाद चौधरी,शिवनारायण चौतरीया लगायत पार्टीका स्थानीय अगुवा नेता कार्यकर्ता कार्यक्रममा सहभागी हुनुभएको थियो ।