बालबालिकामा मुटु सम्बन्धी समस्या बृद्धि

 

चितवन, । बालबालिकामा मुटु सम्बन्धी समस्या बृद्धि हुन थालेको चिकित्सकहरुले जानकारी दिएको छ ।
विश्व मुटु दिवसको अवसरमा चितवन मेडिकल कलेजले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा हरेक वर्ष बालबालिकामा मुटुका समस्या वृद्धि भएको पाइएको जानकारी दिएको हो । बाल मुटु रोग विशेषज्ञ डाक्टर अजितकुमार मिश्रले नेपालमा प्रत्येक वर्ष पाँच हजार बालबालिकाको मुटुको अपरेशन हुने गरेको बताउनुभयो ।
गर्भमा रहेको बेला बालबालिकाको विकास राम्रो नभएको, समय नपुगी जन्मेका, अश्वस्थकर खाना आमाले खानाको कारण, खानपिनमा ध्यान नदिने कारणले गर्दा बालबालिकामा मुटु सम्बन्धी समस्या आएको उहाले जानकारी दिनुभयो । मुटु गठन हुने समयमा नै समस्या आएपछि उनीहरु जन्मदा मुटु सम्बन्धी समस्या लिएर बाहिर आउने उहाले बताउनुभयो ।
मुटु सम्वन्धी समस्या भएका मध्य नेपालमा ३० प्रतिशत अपरेशन बालबालिकाको हुने गरेको छ डाक्टर मिश्रले भन्नुभयो । विश्वमा २ प्रतिशत बालबालिकामा मुटु सम्वन्धी समस्या हुने गरेको छ । नेपालका बालबालिकामा मुटुको भाग सानो हुने, चार कोठा हुनु पर्नेमा २÷३कोठा मात्र हुने जस्ता समस्या हुने गरेको छ । एकहजार बालबालिका जन्मदा ५० प्रतिशत बालबालिकामा मुटु सम्वन्धी समस्या हुने गरेको छ । ती समस्या मध्य पचास प्रतिशतकै उपचारबाट निको हुने गरेको डाक्टर मिश्रले बताउनुभयो ।
मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर श्यामराज रेग्मीले खानपिन र जीवनशैलीमा ध्यान दिएमा धेरै हदसम्म रोग लाग्नबाट बच्न सक्ने बताउनुभयो । ‘समस्या आउदा साथ परीक्षण गर्न जाने गरेमा अकालमा मृत्यु हुनबाट बच्न सकिन्छ’ उहाले भन्नुभयो ‘मुटुु सम्बन्धी विरामी मध्य ४० प्रतिशत अस्पताल नपुग्दै मृत्यु हुने गरेको पाइन्छ ।’
अस्पताल पुगेका ६० प्रतिशत विरामी मध्य केही उपचारमा ढिलाइ, विरामी अफैले अलमल, आर्थिक अभावका कारण, अस्पतालमा उपचारको प्रयास गर्दा गर्दै नभ्याएर मर्नेको सङख्यापनि धेरै रहेको उहाले जानकारी दिनुभयो । महिनावारी हुने महिलामा पुरुषको भन्दा कम मुटु सम्बन्धी समस्या हुने भएपनि महिनावारी रोकिएपछि महिला पुरुष दुवैलाई समान जोखिम हुने गरेको प्रा.डा. रेग्मीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा अस्पतालका प्रशासन प्रमुख प्रताप देवकोटाले वाह्र वर्ष अगाडिबाट मुटुको उपचार सुरु गरेको अस्पतालले अहिलेसम्म दस हजार २५० जनाको अपरेशन गरेको जानकारी दिनुभयो । ती मध्य पाँचहजार १७३ जनामा मुटुको जाली हालेको, ७१८ जनामा मुटुमा ब्याट्री राख्ने, ३०७ जनाको मुटुको भल्व फेर्ने, दुइहजार १९२ जनाको मुटुमा आउने नसाको उपचार गरेको जानकारी दिनु भयो । सात दिनको बच्चा देखि ७८ वर्षको वृद्धसम्मलाई मुटुको उपचार गरेको उहाले बताउनुभयो । अस्पतालमा दैनिक दुइसय जना मुटुको समस्या लिएर उपचार गर्न आउने गरेको तथ्याङक भएको देवकोटाले जानकारी दिनुभयो । मुटुको उपचारले बालबालिकाको मृत्यु दरमा कमी आएको अस्पतालले जानकारी दिएको छ । बालबालिकामा हुने मुटु रोगको उपचार उपत्यका बाहिर सरकारले निःशुल्क गर्ने व्यवस्था मिलाउनु पर्ने डाक्टर रेग्मीले बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट