बजेट अभावमा तरकारी संकलन केन्द्र निर्माण कार्य अधुरो

चितवन, । चितवनको इच्छाकामना गाउँपालिकामा तरकारी सङ्कलन केन्द्रका रुपमा निर्माण थालेको भवन दस वर्ष पूरा हुदापनि सम्पन्न हुन सकेको छैन ।
नेपालको संविधान २०७२ जारी हुनु अगाडिदेखि बनाउन थालेको तरकारी सङ्कलन केन्द्र पालिकामा बजेट अभावको कारण भवनले पूर्ण रुप लिन नसकेको हो । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिकाको फिसलिङमा बन्दै गरेको भवनमा अस्थायी रुपमा किसानले तरकारी सङ्कलन गर्दै आएका छन् । पालिकामा हुने थोरै बजेटले भवनको निर्माण कार्य पूरा गर्न नसक्दा समस्या भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।
राजमार्ग नजिकै बन्दै गरेको यस भवनको केही कोठमामा अहिलेपनि तरकारी सङ्कलन गरी बाहिर वितरण गर्दै आएको छ । पहाडी क्षेत्रमा उत्पादन भएको तरकारी, फलफूल यहाँ ल्याएर राख्ने र बजारसम्म लैजाने काम गरिन्छ । अधुरो भवनको केही कोठमा तरकारी राख्ने र त्यहीबाट राजधानी काठमाण्डौँ, पोखरा, नारायणगढसम्म यहाँको तरकारी जाने गरेको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
हरेक वर्ष यो भवनको लागि बजेट छुट्टाएपनि प्रयाप्त नभएको कारण निर्माण कार्य पूरा हुन नसकेको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । पालिकाले गत आर्थिक वर्षमा १५ लाख बजेटले काम गरिएको थियो । चालु आर्थिक वर्षमा १० लाख रुपियाँ विनियोजन भएको छ । यी सवै पालिकाको आन्तरिक आयबाट खर्च गरिएको उहाले जानकारी दिनुभयो । अहिलेसम्म भवन निर्माणका लागि २५ लाख रुपियाँ खर्च भैसकेको छ ।
जम्मा ६० लाख रुपियाँ लाग्ने यस भवनमा त्यती रकम पालिका आफैले जुटाउन सकिने भए छिटो निर्माण कार्य हुने उहाले बताउनुभयो । गाउँपालिकाले उत्पादनमा जोड दिएकाले कृषिको क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । फिसलिङ संकलन केन्द्रमा धादिङ, गोरखा र चितवनका किसानले तरकारी ल्याउने गर्दछन् । त्यहाँ आएको तरकारी पोखरा, काठमाण्डौं, पोखरा, नारायणगढ लगायतको ठाउँमा पु¥याउने काम गरिन्छ ।
व्यापार व्यवसाय भन्दा पनि कृषि क्षेत्रमा लाग्ने किसानको सख्या धेरै भएकाले यहाँ पालिकाले पनि उत्पादनलाइ जोड दिएको छ । पालिकाको आफ्न्नै स्रोतबाट ३८ लाख रुपियाँ कृषि क्षेत्रमा बजेट छुट्याएको छ । प्रदेश र संघबाट आउने रकम गरी ६१ लाख रुपियाँ कृषिमा लगानीे गर्ने योजना रहेको छ । चार तले यो भवनको जमिन मुनी दइवटा तला र जमिन माथि दुइवटा गरी चार तलाको रहेको छ । काम चलाउको रुपमा सञ्चालन गर्दै आएको केन्द्रमा चिस्यान केन्द्रपनि स्थापना गरिएको प्रशासकीय अधिकृत वस्नेतले जानकारी दिनुभयो ।
पालिकाले गत दुइ वर्ष यता तीनवटा कृषि एम्बुलेन्स अनुदानमा वितरण गरेको छ । बजारसम्म तरकारी ल्याउनको लागि कृषि एम्बुलेन्सले धेरै मद्यत गरेको स्थानीय तुलसा थापाले जानकारी दिनुभयो । गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत लागतमा तीनवटा कृषक समूहले कृषि एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् । इच्छाकामना–१ को सिराइचुली कृषि सहकारी संस्था, इच्छाकामना–६ स्थित चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाले एम्वुलेन्स सञ्चालन गर्दै आएको छ ।

शेयर गरौ

ताजा अपडेट