मुग्लिन नारायणगढ सडक यात्रा उच्च जोखिम तर बाध्य

 

चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको यात्रा उच्च जोखिम भएपनि यात्रा गर्न बाध्य छौ ।
हिउँदमा भन्दा वर्षातमा यो यात्रा अत्यन्तै जोखिम हुने गरेको छ । कुन समयमा पहिरो आएर लाग्छ थाहा हुदैन । तराइबाट राजधानी जोड्ने भरपर्दो राजमार्ग अन्यत्र नहुदा यही राजमार्ग भएर यात्रा गर्न वाध्य भएका छौ । गत असार २८ गते पहिरोले दुइवटा वस वगाएर त्रिशुली नदीमा खसालेर वेपत्ता बनाएको आजसम्म फेला पार्न सकिएको छैन ।
असार महिनामा नै पश्चिम नेपालबाट राजधानी काठमाण्डौ जान आएको वसमा ढुंगा खसेर वस चालकको मृत्यु हुन पुग्यो । यात्राकै क्रममा पहिरो जाने, सवारी साधनमा पहिरोले पुर्ने, ढुंगा खस्ने क्रम चलि रहेको छ । मंगलबार मुग्लिनबाट नारायणगढ तर्फ आउदै गरेको एउटा कारमा ढुंगा लाग्दा सामान्इ क्षती भएको छ । पहिरोका कारण ठुलो दुर्घटानाबाट कार बच्न सफल भएको छ ।
ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको थियो । भरतपुर महानगरपालिका –२ बस्ने सन्तोष कचिलाले कार चलाउनु भएको थियो । ठुलो दुर्घटनाबाट बचेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङकमा गत आर्थिक वर्षमा मुग्लिन नारायणगढ सडक खण्डमा पहिरोको ढुंगाले लागेर ७ वटा गाडीमा क्षती बनाएको छ । एउटा दुर्घटनामा ढुंगा लागेर चलाइरहेका वस चालकको मृत्यु भएको छ । अन्य छ वटा घटनामा यात्रु घाइते भएका छन् ।
वर्षात र हिउद दुवै समयमा यस सडक खण्डमा ढुंगा खस्ने जोखिम भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले बताउनुभयो । वर्षातमा लेदो पहिरो, हिउदमा सुख्खा पहिरो र ढुंगा खस्ने समस्या रहेको छ । राजमार्ग भन्दा माथिल्लो क्षेत्रमा निर्माण गरिएको ग्रामिण सडकको कारण मुख्य राजमार्ग जोखिम बन्दै गएको छ । यो अवस्थाको बारेमा स्थलगत अध्ययन पछि प्रतिवेदन नै तयार भएको छ । पहिरो रोक्नको लागि ठुलो बजेट खर्च गर्नु पर्ने हुन्छ । सडक विभागबाट पहिरोको उच्च जोखिम र त्यसको लागि रोकथाम गर्न बिज्ञको टोलीले अध्ययन गरेर प्रतिवेदन समेत वुझाइसकेको छ । पहिरोको विषयमा डिभिजन सडक कार्यालय भरतपुर विभागको टोलीले अलग अलग रिपोट तयार पारी अवस्था जोखिम रहेको उल्लेख गरेको छ ।
टोलीले गरेको प्रतिवेदनमा सवै स्थानको पहिरो रोकथाम गर्न ५३ करोड रुपियाँ बजेट आवश्यक पर्ने उल्लेख गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी चन्देश्वर साहले जानकारी दिनुभयो । यो सडक खण्डमा पहिरो रोकथामको उपाए नभएको होइन । तर हरेक वर्षातमा नयाँ स्थानमा पहिरो जाने भएपछि विभागमा दीर्घकालिन पहिरो रोकथामको लागि ५३ करोडको लागतमा काम गर्न सुझाव दिएको हो ।
सडक डिभिजन कार्यालयका प्रमुख पौडेलले मुग्लिन सडक खण्डको २५ ठाउँमा पहिरो रोकथामको लागि काम भएको छ । साना ठुला गरी विभिन्न स्थानमा पहिरो रोक्ने कामको लागि १५ करोड बजेट खर्च भएको थियो । ती स्थानमा अहिले ठुलो पहिरो खसेको छैन । नयाँ ठाउँमा पहिरो जाने जोखिम वृद्धि भएको पौडेलले बताउनुभयो । जोखिम भएपनि यात्रा नगरी नहुने भएपछि बाध्य भएर यात्रा गर्दै आइरहेका छन् ।

 

 

शेयर गरौ

ताजा अपडेट