लाखौ खर्च गरेको नारायणी नदी किनार खण्डहर

 

चितवन । लाखौ खर्च गरेर समुन्द्री तट झै बनाउन खोजिएको नारायणी नदी किनार बाढीले खण्डहर बनाएको छ ।
सात वर्ष यता नारायणी नदी किनारमा हरेक वर्ष एक करोडको हाराहारीमा बजेट खर्च गरेर पूर्वाधार निर्माण गरिदै आएको छ । नदी किनारलाई महानगरको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आकर्षक फुटपाथ निर्माणदेखि नमुना सि बिचको भौतिक संरचना निर्माण गरिएको हो । तर यस वर्षको वाढीले ति सबै संरचनालाई भत्काएर खण्डहर बनाएको छ ।
पाँच वर्ष अगाडि ९७ लाखको लगानीमा नदी किनारमा फुटपाथ निर्माण गरिएको थियो । त्यसपछि पनि अधुरो रहेको फुटपाथमा हरेक वर्ष भरतपुर महानगरपालिकाले लाखौ खर्च गर्दै आएको छ । गत वर्षको हिउदमा महानगरपालिकालाई भ्रमण वर्ष घोषणा गर्न औपचारिक कार्यक्रम आयोजना गर्दा नदी किनारको मैदानलाई सम्याउन र दुवो रोप्न ठुलो रकम खर्च गरिएको थियो ।
अहिले त्यो स्थानमा ठुलो खाल्टो परेको छ भने पोखरी भएर पानी जमेको छ । भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले भन्नुभयो औपाचारिक कार्यक्रमको लागि भनेर दुवो रोप्न तीन लाख खर्च गरिएको हो, अन्य खर्च भएको छैन । खाल्टो भएको स्थानमा पुर्न र दुवो रोप्न, आकर्षक बनाउन अन्य खर्च गरिएको भएपनि महानगरपालिकाले खर्चको विवरण खुलाउन चाहेन ।
नदी किनारलाई आकर्षक बनाउन सि बिचको नमुना बनाउन १६ करोड खर्च गरेर निर्माण गरिएको छ । निर्माण गरेको ढलानमा ठुलो असर नगरेपनि नदीले खोतलेर कमजोर बनाएको नारायणी नदी व्यवस्थापन कार्यालयका प्रमुख मनोहरकुमार साहले जानकारी दिनुभयो । ठाडो नदीमा वहाव तिब्र भएकाले कारण त्यहाँ क्षतीको सम्भावना रहेको बताउनुभयो ।
मेला महोत्वस, सास्कृतिक कार्यक्रम, कुनै जमघट तथा साँझ विहान मानिसको भिडलाग्ने नदी किनारमा अहिले वस्ने स्थान समेत छैन । नदी किनारमा साँझ आकर्षक बनाउन दर्जानौ सोलार पोलमा वत्ती राखिएको छ । समुन्दी किनार झै विरुवाहरु रोपिएको छ । त्यसमा समेत हरेक वर्ष लाखौ खर्च भएको छ । तर अहिले सोलार वत्ती समेत लडाएको छ भने विरुवा वाढीले बगाएको छ ।
हरेक दुइ वर्षमा आयोजना हुने चितवन महोत्वसको समयमा खाल्टो पुर्न लाखौ खर्च उद्योग वणिज्य संघ चितवनले गर्दै आएको छ । उद्योग वणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले भन्नुभयो नदी किनारमा हरेक वर्ष वाढीले क्षती पार्दै आएको छ यसको दीर्घकालिन उपाय सोच्न पर्दछ । महोत्सव आयोजना गर्ने स्थल पनि हो । यहाँ हाम्रो सस्थाले खाल्टो पुर्न खर्च गर्दा धेरै लगानी गर्नु पर्दछ । माटो नकाट्ने गरी तटवन्धन गरेर जोगाउने उपाय सोच्नु पर्ने उहाले बताउनुभयो । यस वर्षको वाढीले अझ धेरै क्षती पारेकाले स्थानीय सरकारको ध्यान जानु पर्ने बताउनुभयो ।
विहान वेलुका टहल्न जानेहरुको लागि अहिले यो स्थान सकस भएको छ । नदी किनारमा व्यापार गर्न वसेकाहरुको समेत व्यापार प्रभावित भएको बताएका छन् । भदौमापनि नारायणी नदीमा पानीको वहाव घट्न सकेको छैन । जलमापन केन्द्रले अझै केही हप्ता नदी किनारमा सतर्क रहन अनुरोध गरेको छ ।

शेयर गरौ

ताजा अपडेट