काम गरेको पैसा नदिएपछि नारायणी नदी तटवन्धनको काम प्रभावित

 

चितवन । नारायणी नदीमा निर्माणाधिक तटबन्धनको काम चालु आर्थिक वर्षमा प्रभावित हुने भएको छ ।
चितवन र नवलपरासीको दुवै तर्फ नदीले कटान गर्ने स्थानमा तटवन्धनको काम हुदै आएको थियो । बजेट अभावकै कारण चालु आर्थिक वर्षमा नहुने अवस्था रहेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ कै बजेट अर्थमन्त्रालयले नपठाएपछि त्यसको असर निर्माणमा पर्ने भएको नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहले बताउनुभयो ।
निर्माण कम्पनीले काम गरेको पैसा माग गर्दै विल पेस गरेका थिए तर ज्यादै थोरै मात्र भर्खरै निकास भएको छ । काम गरेको विल पेस गर्दा ४८ प्रतिशत मात्र रकम निकासा भएको छ उहाले भन्नुभयो त्यो रकम सबै ठेकेदार कम्पनीलाई समानुपातिक रुपमा वितरण गरिएको छ । काम गरेर पेस गरेको विल अनुसार रकम पाएको छैन । काम गरेकै रकम नपाएपछि चालु आर्थिक वर्षमा ती ठेकेदारबाट कसरी काम लगाउन सकिन्छ निर्देशक साहले भन्नुभयो ।
काम गरेको पैसा दिन नसकेको अवस्थामा कार्यालय सञ्चालन गर्न समेत कठिन भएको बताउनुभयो । नदी नियन्त्रणको काम गर्न वसेको कार्यालय त्यही काम गर्न कठिन भएपछि कसरी कार्यालयको काम सफलतापूर्वक निर्वाह गर्न सकिन्छ उहाले भन्नुभयो ।
तटबन्धका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो । कार्यालयले काम गरेको रकम गत आवको एक अर्ब १३ करोड ६४ लाख पाउन पेस गरेकोमा रु ५७ करोड रुपियाँ मात्र भुक्तानी गरिएको छ । गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ ।
पेस्कीसहित हिसाब मिलान गर्दा गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । आयोजना सबै निर्माण सम्पन्न गर्न रु तीन अर्ब ९५ करोड खर्च हुन्छ । हालसम्म रु दुई अर्ब भुक्तानी गरिएको छ । निर्देशक साहले भन्नुभयो, ‘यस आर्थिक वर्षको असार मसान्तसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने छ, तर बजेट छैन ।’
चालु आबका लागि विनियोजन गरिएको रकम गत वर्षको भुक्तानीमा दिएको छ । चालु आबमा थप बजेट निकासा नभए कार्यालयले केही काम गर्न सक्दैन उहाले भन्नुभयो । ‘चालु आवमा ठेक्का अनुसार काम सम्पन्न गर्न कम्तीमा रु एक अर्ब ९५ करोड आवश्यक पर्दछ । ’ यस्तै अवस्था रहेमा ठेकेदारलाई काम लगाउन नसकिने सरकारले बजेट नदिने भएपछि कसरी काम हुन्छ ? उहाले भन्नुभयो । गत आवको बजेट पूरै दिन सकिएको छैन । आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् । तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छ भने अर्को एउटाको भुक्तानी दिन बाँकी छ ।
नवलपरासीतर्फ छ वटा ठेक्कामध्ये एउटा सम्पन्न भएको छ । यसै आयोजनाले काम गरेको कयरखोलाको दुईवटा ठेक्का सम्पन्न भए पनि भुक्तानी बाँकी छ । आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यसलगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । दुई जिल्लामा गरी ११ वटा प्याकेजमा ठेक्का लगाइएको थियो । चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ प्याकेजमा ठेक्का लगाइएको थियो ।
निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको जानकारी दिनुभयो । नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव पाँच किलोमिटर तटबन्ध गर्न लागिएको हो । तटबन्धको काम गरिएसँगै काम भएका क्षेत्रमा बाढीबाट जोगिएका छन् ।
कार्यालय सञ्चालन गर्न, आपतमा जोखिम न्यूनिकरण गर्न भनेर कार्यालयलाई पठाउनु पर्ने रकम समेत नपठाएको साहले जानकारी दिनुभयो । केही दिन अगाडि पश्चिम चितवनको मेघौली क्षेत्रमा नारायणी नदीले कटान गरेको थियो । कटानमा रोक्नको लागि बजेट अभावकै कारण काम गर्न जटिल भएको जानकारी दिनुभयो । बैकल्पिक माध्यमबाट रोकथामको काम गर्न लगाएका छौ । अन्य स्थानमा थप जोखिमको अवस्था आएमा कार्यालयसंग बजेट अभाव भएको जानकारी दिनुभयो । तटवन्धनको काम गर्दै आएको निर्माण कम्पनीका प्रमुख कुमार आचार्यले भन्नुभयो गत वर्षकै पैसालिनु पर्ने छ अब कसरी काम गर्न सकिन्छ । काम गरेकालाई घर बैंकमा धितो राखेर पौसा दिएको छु अव यो काम धेरै गर्न नसक्ने बताउनुभयो ।

 

 

ताजा अपडेट