देवघाट विद्युतीय शवदाह गृह नारायणी नदीको कटानको जोखिममा

 

चितवन, ५ साउन । देवघाटमा निर्माण सम्पन्न हुन लागेको विद्युतीय शवदाह भवन नारायणी नदीको कटानको उच्च जोखिममा रहेको छ ।
छ वर्ष अगाडिदेखि निर्माण सुरु भएको शवदाह भवन निर्माण पूरा भएको छैन । निर्माण सम्पन्न हुने अन्तिम अवस्थामा रहेको छ । तर भवन निर्माणको स्थानमा नारायणी नदीको वाढी पसेर जोखिम निम्त्याएको छ । दुइ तले भवनको जमिन माथिको पहिलो तलामा वाढी पसेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सनद वरालले जानकारी दिनुभयो ।
‘शवदाह भवनको पश्चिम तर्फाको पर्खालले वाढीले कटान गरेर कोल्टो बनाएको छ’ उहाले भन्नुभयो ‘त्यहाँ तारजाली लगाएर रोकथामको प्रयास गरिएको छ । शवदाह भवन निर्माण स्थलमा ग्रावेलले पुरेर फराकिलो बनाएको स्थान हो ।’ त्यसलाई रोक्नको लागि सिमेन्टेट पर्खाल निर्माण गरिएको थियो । तर त्यो पर्खाललाई निरन्तर नारायणी नदीमा आउने वाढीले कटान गर्न थालेपछि केही वर्षबाट केल्टेको थियो । यस केही हप्ता अगाडि आएको वाढी शवदाह भवनको जमिन माथिको पहिलो तलामा नै पसपछि जोखिम वढेको उहाले बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडवहादुर थापाले भन्नुभयो निर्माण थालनी गरेको केही वर्षपछि जोखिम औल्याएर थप बजेट लगाइ रोकथामको काम भएको छ । मुल भवनलाई लडाउन नदिनको लागि २५ मिटर तलसम्म सुरक्षाका विधि अपनाइएको छ थापाले भन्नुभयो नजिकै लगाइएको पर्खाल भने ढल्केको हो त्यसको ठुलो असर पर्दैन भन्ने हामील विश्वास लिएका छौ । ठुलै विपत्ती आएमा हाम्रो उपाय लाग्दैन सामान्य वाढीले भवनलाई प्रभाव पार्दैन प्रमुख थापाले भन्नुभयो ।
छ वर्ष वितिसक्दा समेत पूरा भएको छैन । भवनको बाहिरी भाग निमाृण भएपनि अन्य काम भने बाँकी रहेको कार्यालय प्रमुख थापाले बताउनुभयो । अहिलेसम्मको प्रगती ४५ प्रतिशत भएको छ । २०७५ माघ ३ मा शवदाह निर्माणको लागि मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको थियो । शवदाह गृहको पहिलो निर्माण सम्झौता अवधि २०७७ माघ ३ गते सकिएको थियो । यो सयमा निर्माण नभएपछि २०७८ चैत मसान्तसम्म निर्माण सक्ने गरी म्याद थपियो । चैत मसान्तसम्म पनि निर्माण नभएपछि फेरि तेस्रोपटक २०७९ साउन ३० गतेसम्म म्याद थपियो । थपिएको समयमा सम्पन्न नभएपछि फेरी म्याद थपेर २०८१ पुस २९ सम्म निर्माण सम्पन्न गर्नु पर्ने छ । थपिएको मितिमा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्नेछ भन्नेमा कार्यालय विश्वस्त छैन । भवन निर्माणको काम गर्दै गर्दा नदीको कटानको जोखिममा भने परेको छ । तोकिएको समयका काम सम्पन्न नगरेपछि निर्माण कम्पनीलाई कार्यालयले जरिवाना लगाउने, सम्झौता तोड्नेसम्मको चेतावनी दिदै आएको छ ।
संघीय सरकारको बजेटबाट ११ करोड २१ लाख ८ हजार ६४१ रुपियाँमा शवदाह गृह निर्माणको ठेक्का लगाइएको हो । अहिलेसम्म ३३.८८ प्रतिशत रकम भुक्तानी भैसकेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । शवदाह भवन छ सय वर्गमिटर क्षेत्रफलमा बन्दै गरेको छ । चितवन, तनहुँ नवलपरासी तीन जिल्लाको संगम स्थल देवघाटमा दैनिक कम्तीमा पाँचवटा शव दाहसस्कार गर्न ल्याउने गरिएको छ । यहाँ विद्युतीय शवदाह गर्नको लागि वर्षौदेखि आवाज उठिराखेको थियो ।

 

शेयर गरौ

ताजा अपडेट