इच्छाकामनामा कृषि एम्बुलेन्सले ल्यायो खुसीयाली

 

चितवन । स्थानीय उत्पादनलाई प्राथमिकता दिएको इच्छाकामना गाउपालिकाले कृषक समुहलाई कृषि एम्बुलेन्स उपलब्ध गराएको छ ।
पहाडी क्षेत्र रहेको यस गाउपालिकामा वाह्ै महिना तरकारी तथा कृषि उत्पादन हुदै आएको छ । किसानले उत्पादन गरेको सामग्रीलाई बजारसम्म ल्याउन कठिन हुने भएकाले कृषि एम्बुलेन्स अनुदानमा उपल्ब्ध गराएको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।
गाउपालिकाको तामिन सुन्तला, लामिटाडा नास्पाती, पिसलिङ वेसिनका तरकारी, मायाटार, उपरदाङगढी, हात्तीवाङलगायतका स्थान तरकारी खेतीका लागि प्रख्यात रहेको छ । यहाँ उत्पादन भएका फलफूल र तरकारी राजधानी काठमाण्डौ, पोखरा र भरतपुर आउने गर्दछ । उत्पादित सामग्री बजारसम्म ल्याउनको लागि सहज बनाउन कृषि एम्बुलेन्स उपलब्ध गराइएको पालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गत वर्ष र चालु आर्थिक वर्ष गरी तीन वटा एम्बुलेन्स अनुदानमा कृषक समुहलाई दिएको हो ।
गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत लागतमा तीनवटा कृषक समूहलाई गत आब र अहिले गरी तीनवटै कृषि एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो । यस वर्ष इच्छाकामना–१ को सिराइचुली कृषि सहकारी संस्था र इच्छाकामना–६ स्थित चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाका लागि एक÷एक वटा कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलले जानकारी दिनुभयो । गत आवको असारमा इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे थियो ।
गत आबमा खरिद गरिएको कृषि एम्बुलेन्सले गाउँको उत्पादनलाई बजार लैजान र बजारबाट गाउँमा चाहिने सामान ढुवानी गर्न धेरै सहज भएको पायौ गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो । गत वर्षको काम सफल तथा प्रभावकारी भएसँगै हामीले यसपटक दुईवटा कृषि एम्बुलेन्स थपेका हौँ ।
पालिकाले कृषि योजनालाई उच्च प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षमा पनि कृषि उत्पादनलाई प्राथमिकता दिएर बजेट निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । यस पालिकामा व्यापार व्यवसाय गर्ने भन्दा कृषि पेशा गर्नेको सख्या धेरै भएकाले पालिकाले सोही अनुसारको योजना ल्याएको जानकारी दिनुभयो ।
कृषि उत्पादन र यसको बजारीकरणका लागि कृषि एम्बुलेन्स अति आवश्यक ठानेका छौ । शक्तिखोर पिसलिङ सडक सञ्चालनमा आएपछि कृषि उत्पादन ढुवानीमा ज्यादै सजिलो भएको उहाले बताउनुभयो । हात्तीवाङका स्थानीय लोकवहादुर गुरुङले भन्नुभयो तरकारी फलफूल ओसार्न वोलेरो एम्बुलेन्स पाएपछि हामीलाई धेरै राहत मिलेको छ समयमा बजार लैजान पाएका छौ ।
साधन नहुदा तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ उहाले भन्नुभयो । गाउँमा उत्पादन भएका कृषि उपज एम्बुलेन्स चालकले बिक्री गरेर साँझ पैसा पु¥याइदिने व्यवस्थासमेत मिलाएको पालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट