रत्ननगर, १९ फागुन ।
रेडियो अर्पण १०४.५ मेगाहर्जले आठौ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको छ ।
रेडियोले वार्षिकोत्सवका अवसरमा आयोजना गरिने कार्यक्रमको बारेमा जानकारी गराइएको हो । रेडियोले वार्षिकोत्सवको अवसरमा समुदायमुखी कार्यक्रमहरु तय गरिएको रेडियोका अध्यक्ष मेघनाथ पौडेलले बताए । वार्षिकोत्सवका अवसरमा यही फागुन २० गते शिवरात्रीको अवसरमा विभिन्न शिव मनिदर वाट प्रत्यक्ष प्रसारण गर्ने, २१ गते टोल टोलमा अर्पण कार्यक्रम गरिने छ ।
त्यस्तै, मंसिर २२ गते समृद्ध चितवनका लागि पर्यटन व्यवसाय विषयक अनतक्रिया , २४ गते मा विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सञ्चालन हुनेछ । त्यस्तै २५ गते रक्तदान कार्यक्रम , २६ गते अन्तर कर्मचारी म्युजिकल चियर र घैटो फुटाई कार्यक्रम हुनेछ भने फगुन २८ गते पुरस्कार वितरण एवं मुल समारोह साथै स्थानिय र राष्ट्रि कालाकारहरुको साँगितिक प्रस्तुती रहने अध्यक्ष पौडेलले वताए । स्थापनाको छोटो समयमा आफूहरुलाई स्रोताको माया मिलेको र आगामी दिनमा थप नयाँ कार्यक्रमहरु समेत घोषणा गर्दै अगाडि बढ्ने रेडियोका स्टेशन इन्चार्ज धुव्र लामिछानेले बताए ।