शारदानगर, फागुन १९ ।
भरतपुर महानगरपालिका–२० का नेपाल कम्युनिष्ट पार्टी संगठित सदस्य श्रीबाहादुर भुजेलकी ममतामयी माता स्व। मनमाँया भुजेलको नवौं र जिवन संगिनी स्व। कमला भुजेलको ७ वौं दिनको पुण्यतिथिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी भरतपुर २० वडा कमिटीले आइतबार शोकसभा सम्पन्न गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य देबी ज्ञवाली प्रमुख अतिथि रहेको शोक सभामा स्थानिय नेताहरू चन्द्रनाथ घिमिरे, सदन बराल लगायतले शोक मन्तव्य ब्यक्त गरेका थिए । स्थानिय नेता मेखबाहादुर तामाङको अध्यक्षतामा भएको थियो ।
समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संगठित सदस्य श्रीबाहादुर भुजेलकी ममतामयी माता स्व। मनमाँया भुजेलको ८५ वर्षको उमेरमा र जिवन संगिनी स्व। कमला भुजेलको ५४ वर्षको उमेरमा तिन दिनको अन्तरमा असामायिक निधन भएको थियो