काठमाण्डौं २० असोज । दसैँ आएसँगै यो चाड मनाउन किनमेल गर्नेको घुइँचो बजारमा देखिन्छ । उपत्यकाबाट बाहिर जानेहरूका लागि त दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन ।
उपत्यकका मुख्य मुुख्य बजारहरू न्युरोड, भोटाहिटी, असन, इन्द्रचोक, भाटभटेनी, लगनखेल, थिमीलगायत बजारमा दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न नपाइने भएकाले पनि खासै चहलपहल देखिँदैन ।
आमउपभोक्ताको व्रmयशक्ति न्यूून हुनुु र अधिकांश सामानको मूल्य बढेकाले दसैँको चहलपहल त्यति नदेखिएको हो । उद्योग, व्यवसायहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैन । बजारमा माग कम हुुँदा उत्पादनमा कमी, विदेशबाट आयात गरी ल्याइने सामानको समेत कमी भएको तथ्याङ्कले देखाउँछ । समग्रमा आर्थिक गतिविधि सुस्त हुुँदा बजारमा चहलपहल पनि कम हुन पुगेको छ ।
गत वर्ष असोज महिनामा प्रतिकेजी ९० देखि ९५ रुपियाँ पर्ने चिनीको मूल्य बढेर अहिले १५० रुपियाँसम्म पुगेको छ । गत वर्ष प्रतिकेजी ७० रुपियाँ पर्ने जिरा मन्सुली चामलको मूल्य बढेर ९० रुपियाँ पुगेको छ । चिनी र चामल मात्र नभएर दैनिक उपभोग्य वस्तुुदेखि अधिकांश सामानको मूल्य अत्यधिक बढेको छ । बजारमा लत्ताकपडा, खाद्यान्न, हरियो तरकारीलगायत अन्य हरेक वस्तुको मूूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव आमसर्वसाधारणलाई परेको छ । गत वर्षको तुलनामा यो वर्ष खाने तेलको मूल्यमा भने कमी आएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार साउन महिनामा मुुद्रास्फीति ७।५२ प्रतिशत रहेको छ । राष्ट्र बैङ्कको तथ्याङ्कले नै बजार मूल्य बढेको देखाएको छ । बजारमा अधिकांश वस्तुु तथा सेवाको मूल्य निरन्तर बढ्दा न्यून आर्थिक अवस्था भएको वर्गलाई बढी प्रभाव पर्छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा देखिएको अस्वाभाविक महँगीको असर उपभोक्ताको जीवनयापनमा पर्ने गर्दछ । दसैँ सुरु हुुन दुई साता बाँकी रहँदा पनि बजारमा चहलपहल बढ्न सकेको छैन । व्यवसायीले दसैँलाई लक्षित गरेर एक महिना अघिदेखि नै सामान ल्याउने गरेकोमा यस वर्ष भने खासै त्यस्तो देखिँदैन । बैङ्कको उच्च ब्याजदर र ऋणको अभावले गर्दा उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालन भइरहेको व्यवसायीको भनाइ छ ।
दसैँ धेरै नेपालीका लागि सबैभन्दा बढी खर्चिलो र महत्वपूर्ण चाड हो । अरू बेला लुगाफाटो र खानपिन जस्तो भए पनि दसैँमा मिठो खाने र रामै्र लगाउने परम्परा छ । यो बेला आम्दानी गरेको रकमले नपुगे ऋण काढेरै भए पनि दसैँ मनाउने चलन छ । दसैँमा अत्यधिक खपत हुने चामल, चिउरा, जिरा, धुलो मसला, चिनी, घिउ, मासुलगायतको मूल्य अघिल्लो वर्षको तुलनामा बढेका कारण यो वर्ष नेपालीको दसैँ महँगो हुने निश्चित छ ।
इन्धनको मूल्य वृद्धिको प्रभाव
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ । रुसले इन्धनको उत्पादनमा गरेको कटौतीका कारण विश्व बजारमा इन्धनको मूल्य निरन्तर उकालो लाग्दै गएको हो । त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको छ । इन्धनको मूल्यले समग्र क्षेत्रमा नै असर गर्छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्यको आधारमा स्थानीय बजारमा प्रत्येक १५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ । इन्डियन आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यका आधारमा निगमले बजारमा मूल्य निर्धारण गर्ने गरेको छ । निगमले ३१ असारदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो वर्ष आर्थिक मन्दीको प्रभाव र आमउपभोक्ताको क्रयशक्ति पनि कमजोर हुँदा यस वर्षको दसैँ निम्न र मध्यम वर्गका लागि खल्लो हुने अवस्था छ ।
व्यापारमा छैन उत्साह
विश्वभर देखिएको आर्थिक मन्दी, बैङ्कको उच्च ब्याजदरको कारण व्यापार, व्यवसाय सुस्त गतिमा छन् । चाडपर्वमा एक महिना अघिदेखि नै विभिन्न मुलुकबाट सामान आयात गर्ने व्यवसायीहरू यसपालि फाट्टफुट्ट सामान आयात गर्ने गरेको बताउँछन् । बजारमा माग कम हुँदा कम सामान आयात गर्ने गरेको व्यवसायीको भनाइ छ । आमउपभोक्ताको पर्याप्त आम्दानी नहुँदा अनिवार्य आवश्यकताबाहेकका अन्य विलासिताका सामानको उपभोगमा पनि कमी आएको छ ।
बजारमा आर्थिक गतिविधि चलायमान नहुँदा र माग कम भई खपत कम हुँदा आयातमा समेत उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा आयात पाँच प्रतिशतले कमी आएको छ । बजारमा माग कम हुँदा उद्योग व्यवसायले क्षमताको आधा उत्पादन गरिरहेका छन् । चाडपर्वको बेला खपत हुने सुनको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ । मूल्य बढ्नु र आम्दानी न्यून हुँदा घर व्यवहार चलाउन कतिपयले पुराना गहना विक्री गरेर काम चलाउने गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अहिले सुनचाँदी व्यवसायको सटर भाडा तिर्न नसकेर व्यवसायी अन्य व्यवसायमा लागेका छन् । अझ कतिपय सुनचाँदी व्यवसायी त विदेश नै पलायन हुन थालेका छन् । व्यापार, व्यवसाय न्यून हुँदा कारोबार ५० देखि ६० प्रतिशले गिरावट आएको व्यवसायीको भनाइ छ ।
बजारमा ३५ देखि ४० प्रतिशत सटरहरू खाली छन् । धेरै ठाउँका सटर ‘टु–लेट’ भनेर बन्द गरिएका छन् । व्यवसायीहरू सटर भाडा तिर्न नसक्दा व्यवसाय छोडेर अन्यत्र पलायन हुने गरेका छन् । उद्योग व्यवसाय राम्रोसँग चल्न नसक्दा कामदारको रोजगारीसमेत गुम्दै गएको छ । रोजगारी नपाएपछि दिनहुँ तीनदेखि चार हजार जना युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । चार वर्षअघिको कोभिड–१९ र दुुई वर्षअघि भएको रुस–युक्रेन युद्धको असर उद्योग व्यवसायमा देखिएको हो । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि परेको छ । यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा समेत परेको छ ।
उत्पादन अनुसार बजारमा उपभोग्य सामानको समेत माग नहुँदा उद्योगहरू समेत पूर्ण क्षमतामा चल्न सकेका छैनन् । पोल्ट्री, निर्माणजन्य सामग्रीका उद्योग एवं फेन्सी पसलमा यसको बढी असर परेको व्यवसायी बताउँछन् । उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ । बाह्रैमास भिड हुने पसल, सडक पनि पछिल्लो समय सुनसान जस्तै देखिन्छन् । फेन्सी पसल, सुनचाँदी पसलमा मात्र होइन, खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून देखिन्छ ।
रेमिट्यान्सले धानेको अर्थतन्त्र
चालु आर्थिक वर्षको असोजको दोस्रो सातासम्म चालु खर्च १०।५३ प्रतिशत, पुँजीगत खर्च ३।४८ प्रतिशत र वित्तीय खर्च १२।१७ प्रतिशत भएको छ । आर्थिक मन्दीको प्रभावले विकास निर्माणको काम न्यूून हुँदा विकास निर्माणको काममा कमी आएको छ । विकास निर्माणको काममा कमी आउँदा गत आर्थिक वर्षमा डिजेलको खपत २५ प्रतिशतले कमी आएको थियो ।
मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले नेपालमा पठाउने रकमले अर्थतन्त्र चलायमान हुने गरेको छ । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीमार्फत १० खर्ब सात अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७८र७९ मा सो रकम बराबरको रेमिट्यान्स भित्रिएको हो । यो वर्ष रेमिट्यान्स आप्रवाह ४।८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७र७८ मा रेमिट्यान्स ९।८ प्रतिशतले बढेको थियो । रेमिट्यान्स असारमा मात्र एक खर्ब तीन अर्ब भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स २।२ प्रतिशतले बढेर आठ अर्ब ३३ करोड डलर भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८।२ प्रतिशतले बढेको थियो । एक वर्षको अवधिमा श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत– नयाँ र वैधानिकीकरण० लिनेको सङ्ख्या तीन लाख ५४ हजार ६६० पुगेको छ । अघिल्ला वर्ष यो सङ्ख्या ६२।८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८५ हजार ४५३ पुगेको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण आप्रवाह २५।८ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब दुई करोड रुपियाँ पुगेको छ ।
चाडपर्वको बेला विदेशबाट सबैले अफ्नो घरमा पैसा पठाउँछन् । चाडपर्व मनाउन नेपालीले विदेशबाट रेमिट्यान्स पठाउँदा स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान हुने गर्छ । चाडपर्व मान्नका लागि विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा गएका व्यक्ति नेपाल फर्कने गर्दछन् । घरमा फर्कने क्रममा उनीहरूले गर्ने खर्चले पनि बजारमा आर्थिक गतिविधि चलायमान हुने गर्छ ।
उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ । बाह्रैमास भिड हुने पसल, सडक पनि पछिल्लो समय सुनसान जस्तै देखिन्छन् । फेन्सी पसल, सुनचांँदी पसलमा मात्र होइन, खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून देखिन्छ ।
पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म छ लाख ९२ हजार ३७२ जना पर्यटक भित्रिएका छन् । पर्यटकको आगमन बढ्नाले आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत गर्छ । नेपाल राष्ट्र बैङ्कले दसैँ–तिहारका लागि नयाँ नोट साट्ने सुविधा घटस्थापनाको दिनदेखि खुला गर्ने भएको छ । दसैँमा मान्यजनले टीका लगाएर नयाँ नोट दक्षिणा दिने भएकाले पनि प्रत्येक वर्ष बैङ्कले नयाँ नोट साट्ने सुविधा उपलव्ध गराउँदै आएको छ ।
बैङ्कले घटस्थापनाको दिनदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपियाँसम्म नयाँ नोट वितरण गर्ने तयारी गरेको जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूलाई भने माग र ग्राहकको सङ्ख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरिएको छ ।
खाद्यान्नमा छुट
सरकारले मुख्य चाड दसैँ–तिहार र छठमा उपभोक्तालाई राहत दिन दैनिक उपभोग्य वस्तु खाद्यान्नमा छुट दिएको छ । चाडपर्वलाई लक्षित गरेर असोज २१ गतेदेखि सञ्चालन हुने सहुलियत पसलमार्फत छुुटको व्यवस्था गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान ९डिडिसी० र साल्ट्र टे«डिङ कर्पोरेसनले बिक्री गर्ने खाद्यान्नमा छुटको व्यवस्था गरिएको हो । उपभोक्तालाई खाद्यान्नमा छुट दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजेट विनियोजन गरेको छ । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुुने हुुँदा उपभोक्तालाई राहत दिन प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन हुँदै आएको छ । उपत्यकाका साथै बाहिरी जिल्लामा पनि यस्ता पसल सञ्चालन हुन्छन् ।
सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई सात रुपियाँदेखि ५० रुपियाँसम्म छुटको व्यवस्था गरिएको छ । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो । चाडमा उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्यवस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गरिन्छ ।
खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजीरप्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । यस्तै कर्णालीको सिमीरगेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट्र टे«ड्रिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । खसी र च्याङ्ग्रा प्रतिकेजी १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । चिनीमा भने छुटको व्यवस्था गरिएको छैन । विगतका वर्ष प्रतिकेजी चिनीमा पाँच रुपियाँ छुटको व्यवस्था गरिएको थियो तर अहिले सरकारी संस्थानसँग चिनी नभएकाले छुटको व्यवस्था गरिएको छैन । समयमै भन्सार छुटमा चिनी आयातको अनुमति नहुँदा दसैँमा उपभोक्ताले छुटमा चिनी नपाउने भएका हुन् । अर्थमन्त्रालयले खाद्य कम्पनी र साल्ट्र टे«डिङ कर्पोरेसनलाई ५० प्रतिशत भन्सार छुटमा १०र१० हजार क्विन्टल चिनी आयातको अनुमति दिए पनि आयातको प्रक्रिया लामो समय लाग्ने हुँदा दसैँअघि आयात नहुने देखिन्छ, जसको कारण उपभोक्ताले महँगो मूल्यमा चिनी खरिद गर्नुपर्ने भएको छ । बजारमा व्यापारीले एक्कासि चिनीको मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । अन्य समयको तुलनामा चाडपर्वमा चिनीको खपत धेरै हुने गर्छ ।
यस्तै दुग्ध विकास संस्थानले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ, पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ । खाद्य कम्पनीको सहुलियत पसल काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, भक्तपुरको सूर्यविनायक गरेर चार स्थानमा रहने छ । यस्तै उपत्यका बाहिर भने ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल रहने छ ।
यस्तै, साल्ट टे«डिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा रहेका आठ ठाउँमा बिक्री केन्द्र र तीन वटा घुम्ती पसलमार्फत सहुलियत पसल सञ्चालन गर्ने छ । बाहिरी जिल्लामा रहेका बिक्री केन्द्रबाट समेत सहुलियत मूल्यमा खाद्यान्न वितरण गरिने छ । यस्तै दुग्ध विकास संस्थानले एकीकृत पसललगायत लैनचौर, न्युरोड र खुमलटारबाट दुग्धजन्य पदार्थ बिक्री गर्ने छ । यस्तै उपत्यकाबाहिर ११ स्थानबाट सुपथ मूल्यमा दुग्ध पदार्थ वितरण गरिने डिडिसीले जनाएको छ । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तलाई राहत दिन प्रत्येक वर्ष सुपथ मूल्यका पसल सञ्चालन हुँदै आएका छन् । दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सरकारी संस्थानमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिन्छन् । निजी क्षेत्रका व्यवसायीले पनि चाडपर्वमा खाद्यान्नमा छुटको व्यवस्था गरेका छन् । चाडपर्वलाई लक्षित गरेर विभिन्न कम्पनीले सामानमा छुट दिएका छन् ।
गोरखापत्र दैनिकबाट