पानी चुहिने टहरोको इजलासबाट न्याय सम्पादन गर्दै चितवन अदालत

शालिग्राम नेपाल
चितवन, १२ भदौ । सुरक्षित भवनको अभावमा चितवनको जिल्ला अदालतका इजलास पानी चुहिने स्थानबाट न्याय सम्पादन गर्न बाध्य भएको छ ।
मुद्दाको चाप बृद्धि भएपछि जिल्लाको अदालतमा इजलास वृद्धि गरेर सातवटा अहिले रहेको छ । ती इजलास एउटै भवनमा राख्न सम्भव नभएपछि टिनको टहरो निर्माण गरेर राखिएको छ । टिनको टहरो मुनी ४, ५ र ६ नम्वरका इजलास राखेर न्याय सम्पादन हुदै आएको छ । ती तीन वटै इजलासमा पानी चुहिने समस्या भएको जिल्ला अदालतका सूचना अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।
‘नयाँ भवन निर्माणको लागि प्रकृया अगाडि बढेको थियो केही वर्षका लागि भनेर अस्थायी टहरो निर्माण ग¥यौ’ सूचना अधिकारी सापकोटाले भन्नुभयो ‘अहिले पानी चुहिने समस्या आएको छ ।’ न्याय सम्पादनको काम गर्दा गर्दै पानी परेको वेला न्यायधिसको वेन्च नजिकै पानी चुहिन्छ सापकोटाले भन्नुभयो, भाडा थापेर पानी व्यवस्थापन गर्दै आएका छौ ।
तीन वटा इजलास भएको एउटा टिनको टहरो छ त्यसमा समस्या आएको हो अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले भन्नुभयो । सवैभन्दा धेरै ५ नं.को इजलासमा छ यहाँ त माननीय न्यायधिसकोको कुर्सी माथिनै पानी चुहिन्छ उहाले भन्नुभयो ‘शनिबार दिउसो परेको पानीले कुर्सी भिजेको छ ।’ चार वर्ष अगाडि वनेको टहरोपनि साघुरो भएको आचार्यले बताउनुभयो ।
पर्याप्त स्थानको अभावमा न्याय सम्पादन गर्न समस्या भएको जिल्ला न्यायधिस रितेन्द्र थापाले जानकारी दिनुभयो । अहिले भइराखेको भवन पुरानो भयो र स्थान अभाव भएको भन्दै नयाँ भवनको लागि हामीले प्रस्ताव गरेका थियौ । नयाँ भवनको लागि सर्वोच्च अदालतबाट भवनको डिजाइन गर्नु पर्ने हु्न्छ । डिजाइन गरेर आएको भवनमा केही विषय अपुग भएकाले सच्याउन पठाएका थियौ न्यायधिस थापाले भन्नुभयो ‘यो प्रकृया पूरा हुदा सरकारले यो अर्थिक वर्षमा नयाँ भवन नबनाउने भनेर बजेर ल्याएको छ, सरकारको निर्णयले नयाँ भवन बन्ने सम्भावना सकयो । ’
नयाँ भवनका लागि दुइवर्ष अगाडि सर्वे र डिजाइन गर्न दुई करोड रुपियाँ बजेट विनियोजन भएको थियो । प्रकृया गर्दा गर्दै भवनको काम गर्न नपाई त्यो रकम खर्च नभएर फ्रिज भयो न्यायधिस थापाले भन्नुभयो ‘ नयाँ भवन हाम्रो लागि अनिवार्य भएको छ । जिल्लामा आउने मुद्दाको चापलाई हेरेर न्यायधिसको थप दरवन्दी गरिएको छ । २०८० असार ११ गते राजपत्रमा प्रकाशित गरी एउटा इजलासको लागि दरवन्दी थपिएको छ न्यायधिस थापाले भन्नुभयो । तर यो इजलास राख्ने स्थान छैन । नयाँ भवन नवन्दासम्म दरवन्दी नपठाउन र राख्ने स्थानको अभाव भएको भनेर हामीले जानकारी गराएका छौ ।
न्यायधिस थापाले ‘भन्नुभयो मुद्दाको चाप हेर्दा न्यायधिस थप आवश्यक छ तर स्थान नहुदा राख्न सकिदैन, पाँचसय मुद्दा बराबर एउटा न्यायधिस हुनु पर्दछ ।’ यहाँ अहिले वर्षमा तीनहजार ६१२ मुद्दा सात जना न्याधिसले हेर्नु पर्ने वाध्यता छ । मुद्दाको चापलाई हेर्दा ११ जना न्याधिस आवश्यक पर्दछ । तर थपिएको दरवन्दी समेत राख्ने स्थान छैन । मुद्दा अनुसार कर्मचारीको अभाव अर्को समस्या छ । स्थान अभाव त छदैछ थापाले भन्नुभयो ‘न्यायलयको समस्याको विषयमा सम्वन्धीत निकायलाई जानकारी गराएपनि अहिलेसम्म व्यवस्थापन भएको छैन ।’
जिल्लाको मुद्दाको चापलाई हेर्दा अहिले १५ वटा इजलास रहने गरी नयाँ भवन निर्माण गर्नु पर्ने हुन्छ । त्यसमा एउटा बाल इजलास पनि राख्नु पर्दछ । अहिले भएको भवनमा अलग्गै बाल इजलास छैन । त्यही इजलासमा बालबालिकाको विषयमा वहस गर्नु पर्ने वाध्यता रहेको न्यायधिस थापाले भन्नुभयो । जिल्ला अदालतमा अहिले बालबालिका सम्वन्धी मुद्दा एकसय वटा दर्ता भएका छन् । यो अघिल्लो आर्थिक वर्षदेखि सर्दै आएको हो । आर्थिक वर्ष २०८०÷८१ को साउनमा मात्रै ९ वटा दर्ता भएको थियो भने ३ वटा फच्र्यौट भएको छ भने यो महिनामा ६ वटा फच्र्यौट हुन बाँकी रहेको सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट