ग्वार्कोमा ‘फ्लाइओभर’को काम सुरु

 

ललितपुर, २९ माघ । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार निर्माण सुरु गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार ‘फ्लाइओभर’ निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जाम व्यवस्थापनका लागि समेत सुरु गरिएको छ। ट्राफिक व्यवस्थापन तथा सजिलोका रूपमा सवारीसाधन आवागमनका लागि शुक्रबार राति सो क्षेत्रअन्तर्गतको चक्रपथमा राखिएका डिभाइडर हटाइएको छ। फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ गतेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ।

त्यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिनेछ।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गरिने बताउँदै सोहीक्रममा ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको उहाँले बताउनुभयो। उहाँका अनुसार सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो ‘फ्लाइओभर’ चार लेनको हुनेछ। निर्माणपछि यस चोकमा चक्रपथका सवारीसाधन ‘फ्लाइओभर’ भएर तथा पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन ‘फ्लाइओभर’मुनिबाट पार हुनेछन्। ‘फ्लाइओभर’को कुल लम्बाइ ४५५ मिटर हुनेछ भने यसको ‘ग्राउन्ड क्लियरेन्स’ ६ मिटर हुनेछ। सो ‘फ्लाइओभर’को उचाइ ५।५ मिटरको हुनेछ। ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटर र बायाँ ११० मिटरको ‘(याम्प’ निर्माण गरिनेछ।

चक्रपथको ग्वार्कोसहित सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न अध्ययन भइरहेको महानिर्देशक थापाले जानकारी दिनुभयो। दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी एम÷एस आशिष–समानान्तर ९जेभी०ले ठेक्का पाएको छ। ‘फ्लाइओभर’को विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० जियोकमरबीडीएररेज ९संयुक्त०ले तयार गरेको हो। उक्त ‘फ्लाइओभर’ १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपियाँ लागतमा निर्माण हुन लागेको हो।

‘ईपीसी’ मोडलमा निर्माण

महानिर्देशक थापाका अनुसार यो ‘फ्लाइओभर’ इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ९ईपीसी० मोडलमा निर्माण भइरहेको छ। यस मोडेलअनुसार छनोट भएका कम्पनीले निर्माणको ‘सर्भे, डिजाइन र कमिसनिङ’ आफैँले गर्नुपर्ने हुन्छ। त्यसैगरी निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड ९डीएलपी०’ निर्माण कम्पनीको नै हुने उहाँले बताउनुभयो। ‘डीएलपी’ अवधिमा ‘फ्लाइओभर’को मर्मत–सम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ।

त्रिपुरेश्वर–माइतीघरको अध्ययन

त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चाप कम गर्न यसअघि नै जापान सहयोग नियोग ९जाइका०ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सिधा ‘फ्लाइओभर’ बनाउने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। जाइकाको सो प्रतिवेदनअनुसार यो ‘फ्लाइओभर’ निर्माणका लागि नेपाली सेनाको जङ्गी अड्डा र त्रिभुवन विश्वविद्यालयको केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ। तर सेनाले सुरक्षा संवेदनशीलता देखाउँदै जग्गा दिन अस्वीकार गरेपछि सो प्रतिवेदन त्यत्तिकै थन्किएको छ।

त्रिपुरेश्वर–माइतीघर ‘फ्लाइओभर’को दूरी एक किलोमिटर र चौडाइ चार लेनको हुने प्रतिवेदनमा उल्लेख छ। राजधानीमा अहिले दुईदेखि तीन किलोमिटर यात्रा गर्दा पनि १० देखि १५ मिनेटसम्म जाममा बस्नुपर्ने बाध्यता छ। गोरखापत्र दैनिकबाट

शेयर गरौ

ताजा अपडेट