शोभा पण्डित ।
आफूले कमाएको पैसा कती खर्च गर्ने र कती बचत गर्ने भन्ने कुराको निर्धारण गर्नु पहिलो आवश्यकता हो । यसलाई भनिन्छ वित्तीय साक्षरता । पैसा कमाउन मात्र ठुलो होइन कमाएको पैसा कसरी बचत गर्ने भन्ने कुरा ठुलो हो । जसले कमाएको पैसा बचत गर्ने बानी वसालेको हुन्छ त्यसलाई वित्तीय साक्षरता भनिन्छ ।
वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ । जसले परिवारको वित्तीय सबलतामा प्रभाव पार्न सक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो ।
आफूले गरिरहेको कुल आम्दानी कति छ र कति कर तिरिरहेको छ तथा बढी आम्दानी कसरी गर्न सकिन्छ विश्लेषण गरेर मात्र बचत गर्नु पर्दछ । शिक्षा, तालीम र सीप विकासमा कति लगानी आवश्यक पर्छ भनी ध्यन दिनु पर्दछ । आवश्यकता र आयको जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।
आफूले कमाएको पैसालाई खर्च कटाएर नियमित रूपमा बचत गर्ने व्यक्ति सफल हुन्छ । विवाह, व्रतबन्ध, घरगाडी खरीद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका लागि बचत गर्नुपर्ने हुन्छ । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्ट्याएर मात्रै खर्च गर्नुपर्छ । बैङ्क खाता खोलेर बचत राख्नुपर्छ । साथै, लगानी गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्छ । लगानी गर्नुअगाडि विस्तृत छलफल गरेर निर्णय लिनुपर्छ ।
जबसम्म कमाएको सम्पत्तिको सुरक्षाका बारेमा सचेत हुँदैनन्, तबसम्म स्थायी आर्थिक उन्नति सम्भव छैन । मेहनती व्यक्तिले कर्जा सहकारीबाट लिएर व्यवसाय तथा उद्यम गरेर त्यसले आम्दानी गरी ऋण मात्र होइन कमाउन समेत सफल भएको हुन्छ ।
खर्च गर्नु पूर्व योजनाको तयारी कसरी गर्ने
वित्तीय साक्षरताले न्यून आय भएकालाई खर्च कटौती गरेर बचत गर्न सक्नु पर्दछ । वित्तीय साक्षरताको स्तरबाटै व्यक्तिको जीवनस्तरलाई सकरात्मक प्रभाव पारेको हुन्छ । अरूको पैसा लिएर व्यवसायको सृजना गर्ने तथा विक्री बढाएर बढी नाफा कमाउने कुशलता पनि वित्तीय साक्षरताले दिने गर्दछ । बचत गर्ने बानीले गर्दा आर्थिक अवसरको उपयोग गर्न, लक्ष्य पूरा गर्न, परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै समाजलाई एउटा उदाहरण दिन सक्दछ । आव हामी आफूले कमाएको पैसा कसरी बचत गर्ने भन्ने तर्फ जानसक्छौ ।
आम्दानीको १५ प्रतिशत भाग विना हिच्किचाहट खर्चने
दैनिक खर्च तथा आवश्यकता बाहेक पनि जीवनमा केही यस्ता रहर हुन्छ, जसलाई पूरा गर्नु प्रत्येक व्यक्तिको लागि आवश्यक हुन्छ । यस्ता रहर, तथा इच्छा , आकांक्षालाई पूरा गर्नका लागि पनि हामीलाई पैसा चाहिन्छ । बचत गरेको पैसालाई राम्रो व्याज दिने बैंकमा जम्मा गर्न सकिन्छ ।
त्यसैले, आफ्नो रहर आवश्यकता पूरा गर्न कुल आम्दानीबाट बचत गरेको १० देखि १५ प्रतिशत रकमलाई यस्तो बैकमा जम्मा गर्नु उचित हुन्छ, जसले नर्मल सेभिङ्ग एकाउन्टमा पनि राम्रो व्याज दिन्छ । उक्त एकाउन्टको पैसा खर्च नहोस् भन्नका लागि एकाउन्टको कार्ड भने लिनु हुँदैन । किनकी पैसा निकाल्ने कार्ड नै नभएपछि पैसा खर्च हुने कुरै हुँदैन । त्यस्तै, छुट्टीमा कुनै ठाउँ घुम्न जादाँ पनि फजुल खर्च तथा अनावश्यक सपिङ्ग गर्नबाट जोगिनु पर्छ । साथै, सस्तोमा राम्रो सुविधायुक्त होटलमा बस्ने कोशिश गर्नु पर्छ । बैंकका अलवा सहकारीमा पनि हामलिे बचत गर्न सक्र्छौ । घरायसी खर्च भएर बाँकी रहेको पैसा वा फजुल खर्चबाट बचाएर राखेको पैसा सहकारीमा राखेर बचत गर्न सक्छौ ।
२० प्रतिशत आम्दानीलाई सक्दो बचाउने
प्रत्येक व्यक्तिका लागि रिटार्यडमेन्ट पछिको जीवन विशेष हुन्छ । रिटायर्डमेन्ट पछि व्यक्ति शारीरीक तथा मानसिक रुपमा कमजोर हुन्छ । जसले गर्दा उक्त व्यक्ति अरुप्रति आश्रति हुनु पर्छ । त्यो नहोस् भन्नका लागि रिटार्यडमेन्ट पछि पनि आपतकालिन स्थितिका लागि कुल आम्दानीको करिब २० प्रतिशत भागलाई अहिले देखि नै छुट्याएर राख्नु पर्दछ ।
यसको लागि दुईटा कुरामा विशेष ध्यान दिनु पर्छ, पहिलो महँगी र अर्को बचतको मुल्य । किनकी जति जति वर्ष वित्दै जान्छ, महँगी पनि बढ्दै जान्छ भने त्यस अनुपातमा पैसाको मुल्य पनि घट्दै जान्छ ।
त्यसैले यो कुरालाई पनि ध्यानमा राखेर प्रत्येक वर्ष आफ्नो वचतमा करिब चार प्रतिसम्मको बढोत्तरी गर्न जरुरी छ । यसका लागि कतै जग्गाजमीन जोड्न सकिन्छ त कतै फिक्स डिपोजिट वा शेयरमै पनि लगानी गर्न सकिन्छ । कर्जालाई छिटो भन्दा छिटो कम गर्नेतिर लाग्न सकिन्छ ।
किनकी त्यो कर्जा नै हो जसले दीर्घकालीन रुपमा सेभिङ्गलाई प्रभावित पार्नुका साथै मानसिक तनाव निम्त्याउन सक्दछ ।
त्यसैले हामी के भन्न सक्छौ भने उमेरमा कमाएको पैसा बचत गर्ने वानी वसालौ र त्यो पैसा वृद्ध अवस्था अथवा आफूलाई अति आवश्यक भएको वेला झिकेर उपयोग गरौ । बचत गरौ बचत गर्ने वानी वसालौ र आफन्तलाई पनि सहकारी वा वित्तीय सस्थामा बचत गर्न लगाऔ ।
लेखक सहकारी क्षेत्रमा आवद्ध व्यक्ति हुनुहुन्छ ।