खोमकान्त रेग्मी
अकस्मात पुरानो सत्तागठबन्धनको बिचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री अस्वीकार्य भएपछि ससदमा रहेको दोस्रो ठूलो दल नेकपा एमालेको प्रमुख पहलमा ७ राजनीतिक पार्टी र केही स्वतन्त्र सासदको समर्थनमा नेकपा माओवादी केन्द्रका ससदीय दलका नेता तथा नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेपालको प्रधानमन्त्री बनेका छन ।
सर्सर्ती हेर्दा यो अनौठो लागिरहेको छ किनकि झण्डै २ वर्षदेखिको सत्तागठबन्धनको झिनो अपुग संख्यालाई पर धकेलेर नया सत्ता समिकरण बनेको छ । अर्कोतिर यो वाम गठबन्धनको एउटा रूप पनि देखिएको छ । अझै भन्नुपर्दा नेकपा मओवादी केन्द्रका अध्यक्ष पुषपकमल दहाल प्रचण्ड प्रधानमन्त्री बन्नका लागि यो समिकरण बनेको छ । यसरी सकारात्मक र नकारात्मक दुबै पाटोबाट विश्लेषण गर्नि हो भने सरकार सकारात्मक र नकारात्मक दुबै पाटोबाट बनेको देखिन्छ । देउबा र काँग्रेस पाखा लगाउने हिसाबमा गठबन्धन सकारात्मक देखिन्छ भने सबिधानको रक्षक र सबिधानका बिरोधीहरूको गठबन्धन नकारात्मक देखिन्छ । काँग्रेससहित माओवादिको हिजोको गठबन्धन र अहिले बनेको गठबन्धनमा कुन ठिक भनेर पनि हेर्नू आवश्यक छ ।
दुबै गठबन्धनका बिषयमा आन्तरिक विश्लेषण गर्ने हो भने यी दुबै गठबन्धन मात्र सत्ता स्वार्थका लागि गरिएका गठबन्धन हुन । हिजोको गठबन्धन केपि वलि र एमाले विरूद्ध थियो भने अहिलेको गठबन्धन काँग्रेस बिरूद्ध छ । तत्कालीन प्रधानमन्त्री केपी वलीले दुईपटक ससद विघटन गर्दा वनेको वली विरोधी गठबन्धन र काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिदा वनेको काँग्रेस बिरोधी गठबन्धन बिचको फरक छुट्याउनी हो भने कुनै पनि गतिला गठबन्धन मानिदैनन तर पहिलाको गठबन्धन करिब अग्रगमन राजनीतिक पार्टीको बिचको थियो तर अहिलेको गठबन्धन मात्र सत्ता मोहको कारण सबैखाले राजनीति पार्टीको विचको वनेको छ । ससद विघटनको परिदृश्यबाट विछोड भएको शक्ति सत्ता प्राप्तीको लागि मिलनको अवस्थालाई हेर्ने हो भने तत्कालिन अवस्थामा वली विरोधी वनेको गठबन्धन पनि मात्र सत्ता प्राप्तिका लागि रहेछ भन्नू अत्युक्ति नहोला ।
सत्ता गठबन्धन एउटा भत्किएको छ भने अर्को बनेको छ यसले जनचाहना अनुसार काम गरेमा नराम्रो मानिदैन भने जनचहनाअनुसार काम नगर्नु यसलाई पनि छुट छैन । सन्दर्भले अर्को अर्थ नलागेमा अहिलेको सरकारको निर्माणकर्ताको प्रमुख ब्यक्तित्व नेकपा एमालेका अध्यक्ष केपी वली हुन भने सहयोगी र अर्का नायक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन । फेरि जोडघटाउको कुरा गर्दा र गठबन्धन टिकाउन खोजेरपनि सफलता हात पार्न नसक्ने शेरबहादुर पनि गठबन्धन निर्माणमा सहयोग गर्ने भूमिकामा गनिन्छन किनकि उनका कारण यो गठबन्धन बन्न पुग्यो । साथसाथै यो गठबन्धनका सहयोगीहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सगै हुन ।
अचम्म त केछ भने गणतन्त्रका हिमायती प्रचण्ड र राजतन्त्रका पुजारी लिग्देलको मिलन, सघियताका हिमायती प्रचण्ड र संघीयताका बिरोधी रवि अनि हिन्दु राष्ट्रका पक्षपाती लिग्देल र धर्म निरपेक्षताका अंशियार प्रचण्डका बिचको यो गठबन्धन के र कसका लागि मात्र नभै मात्र सत्ता प्राप्तीका लागि हो भन्ने कुरा प्रष्ट छ । बैज्ञानिक समाजवादका पृष्टपोषकहरूको जमात पनि सगै छ भने समाजवाद विरोधीहरूको जमात पनि सगै छ । यथार्थमा भन्नू पर्दा २०७२ को सविधान मान्ने र त्यसलाई नमान्नेहरूको मिलनले सत्ता गठबन्धन कत्तिको फलदायी हुनसक्ला गर्भको विषय छ । के यसले गर्दा वामपन्थीहरूको मिलन होला त ? सम्भावनालाई नकार्न सकिन्न । यो समिकरण हुदा राजनीतिक पार्टीका नेताले मात्र निर्णय गरि वनाईएको समिकरण हो कतिपय कार्यकर्ताले यस्तो पत्याएका थिएनन र छैनन पनि । तर माओवादी केन्द्रमा भने नेताले नभै यो समिकरण दोस्रो तहका नेताले गराएका हुन यसमा एमालेका दोस्रो तहका नेता पनि त्यत्तिकै सलग्न छन तल्लो तहसम्म यसको जानकारी के गन्ध पनि थिएन ।
यस्तो अवस्थामा वामपन्थी एकता अगाडि बढन सक्ला कि नसक्ला ? सम्भावनालाई सगै राखेर हेर्ने हो भने यो पाटो राम्रो हो र एकता आवश्यकता छ र गर्नुपर्छ भने सुध्रिन आवश्यक छ कि यत्तिकै ? को सुध्रिनु पर्ने र कसले कसले एकतामा पहल गर्नुपर्ने भन्ने विषयमा पनि छलफल आवश्यक छ । एकता हुदा कहाँ कसरी भन्ने विषय पनि त्यत्तिकै आवश्यक छ भने दीर्घकालीन योजना वनाएर मात्र एकता गरिनु पर्छ । फेरि यो एकता सत्ता प्राप्तिका लागि मात्र कि ? भन्ने विषय नजिकै आउँछ । यदी त्यसो हो भने सत्ताका लागि मात्र एकता हो भने २ वर्षपछि फेरि काँग्रेससग मिलेर प्रचण्डले एमाले छोडन के बेर यो सम्भावनामा पर्छ नि ? कुरा उठेकै छ कि वामपन्थीहरूको एकताका लागि प्रचण्डलाई प्रधानमन्त्री सुम्पिएको हो हो त वास्तविक तर्क ? कि काँग्रेस र प्रचण्ड बिचको वेमेल गराई शासनको वागडोर उसबाट तानेर आफुतिर ल्याउनु हो कि । हाम्रो सस्कृति नै अरूलाई लात हानेर आफू अगाडि जानू हो , जसरि पनि शक्ति आर्जन गर्नु हो, शक्ति आफुमा केन्द्रित गर्नु हो यो सके राम्रो कुरा हो तर कस्तो तरिकाले आफू सक्षम हुने हो भन्ने विषय सगै आउँछ । जसरिपनि शक्ति आर्जन पश्चात् टिकाईराख्न सक्नु अर्को महानता हो ।
आखिर जे जस्तो गठबन्धन बनेको छ सरकार बनेको छ के यो जनचहना अनुसारको म्यान्डेड हो त कदापी होईन । नेपाली काँग्रेस वा नेकपा एमालेको सरकार बन्नु पर्ने थियो किनकी तेस्रो दल भन्दा पहिला र दोस्रा दल त दोब्बर भन्दा धेरै ठुला छन नि । यसमा नेका र एमाले चुकेकै हुन । यसर्थ पनि अहिले जति चलाख वनेर सरकार निर्माण गरेतापनि जनचहना विपरितकै सरकार हो के जनताले यही अभिमत प्रदान गरेका थिए । किन उनिहरूलाई जनताले मतदान गरे तर राजनीति पार्टीले जनभावनाको कदर गरेनन यसको फैसला फेरि जनताले गर्नपर्यो भने के यो विर्सेलान? अवश्यपनि सोचनीय विषय छ । अवसरलाई चाहनाले प्राप्त गरेझै गरि प्रचण्ड र माओवादीले प्रधानमन्त्रीको पद प्राप्त गर्यो कि सत्ता स्वार्थका कारण प्राप्त गर्यो यो विषयमा पनि सोच्ने कि ? एकाएक विरोधी शक्तिसगको गठजोडले निम्त्याएको गठबन्धनले अन्तिममा सकारात्मक परणाम देला वा नदेला ।
नेकपा एमाले एउटा यस्तो शक्ति हो जुन एक्लै पनि बहुमत प्राप्त गरेर दिशाबोध तरिकाले देशलाई डोर्याउन सक्छ । अन्य शक्तिलाई वसमा राखेर देश निर्माण र सक्षम भविष्य निर्माणको बाटो कोर्न सक्छ । सत्ता स्वार्थ त्यागेर पनि जनचाहना र पार्टी चहना अनुसार देशको गोरेटोलाई पिच गर्न सक्छ । प्रतिपक्षको भुमिकाले पनि जनभावनाको आवाज बुलन्द गर्दै लक्ष्य प्राप्तिका लागि लाग्न सक्छ । आफ्ना केही गल्ती कमजोरी लाई सुधार गरेर समाजमा प्रतिष्ठित स्थान प्राप्त गर्न सक्छ । अग्रगामी बाटोमा लम्कनका साथै दुरदर्शी तरिकाले देशलाई सही बाटोमा हिडाउन सक्छ ।
यस्तो पार्टीले नैतिकताको बाधलाई तोडदै हिडने अवसरबादको अशियारलाई काखी च्याप्ने र सत्ता प्रप्तीको लागि नैतिकता धरापमा राख्नेहरूसगको सगतमा जानू कत्तिको उपयुक्त हो विचारणीय विषय हो कि !! हिजोको सम्बन्धले एमालेले धोका खाएकै हो धोका मात्र नभै एमालेले विखण्डनको अभिसाप पनि भोगेकै हो । सत्ता प्राप्ती र गुमाउने दुबैतिरको अनुभव ताजै छ । दुईवर्षपछि पनि एमालेलाई तोकिएका अवसर प्राप्त हुने कुनै दरिला आधार छैनन तर पनि केही पद र अवसरका लागि जनचाहना विपरितको सझौता कत्तिको सान्दर्भिक हो ? केही समय पछि जनताले यसको उत्तर माग्दा दिने उत्तर तयार पार्ने कि ? सरकार गठनको प्रकियाले कसैलाई राम्रो र कसैलाई नराम्रो पक्कै भएको छ । राम्रो नराम्रो दुबै अनुभव गर्नेहरूले भोलीको वाटोको पनि पक्कै हेक्का राखेको हुनुपर्छ । जनभावनाको कदर र विरोध दुबैको उत्तर समाजले खोज्नेछ । निर्णायक भूमिकामा रहेका जनताले यसको सहज उत्तर पाउने आशामा वर्तमान सरकार र प्रतिपक्षको भूमिका नियाल्ने छन ।