भ्रष्टचार नियन्त्रणको माग गर्दै बिबेकशील साझाको ज्ञापनपत्र

चितवन समाचार डटकम, फागुन १४ ।
विवेकशील साझा पार्टीले भ्रष्टचार बिरुद्धको अभियान देशभर सम्पन्न गरेको छ । त्यस अन्तरगत विवेकशील साझा पार्टी चितवनले आज भरतपुरमा प्रदर्शन गरेको छ । सिट्ठी, घण्टी एवम शंख बजाई प्रदर्शन गरिएको बिबेकशील साझा पार्टी चितवनका संयोजक भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो । त्यसैगरि प्रमुख जिल्ला अधिकारी मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयाई ज्ञापनपत्र बुझाईएको उहाँले जानकारी दिनुभयो ।
भरतपुरको मालपोतचोकमा गरिएको प्रदर्शनमा स्थानीयले उलेख्य सहभागीता जनाएको बिबेकशील साझा पार्टी चितवनले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट