चितवन,१४ फागुन :
महानगरपालिकाका सात वडामा सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ ।
चितवन क्षेत्र नं २ (ख) अन्तर्गतका वडा नं २, ४, ५, ७, १०, ११ र १२ मा सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारबाट भरतपुर महानगरपालिकालाई सशर्त अनुदानतर्फ रु ५० लाख बजेट प्राप्त भएको सांसद विजय सुवेदीले जानकारी दिनुभयो । सात वडामा दुई÷दुई टोलका दरले १४ टोलका करीब तीन हजार परिवार कार्यक्रम लागू हुनेछ । भरतपुरलाई हरियाली बगैँचाका रुपमा स्थापित गर्न एकै पटक ३२ हजारभन्दा बढी बिरुवा रोप्ने योजना छ । “सफा हरियाली र सुन्दर शहरको परिकल्पना गरेका छौँ”, सुवेदीले भन्नुभयो, यसको शुरुआत घर र टोलबाट गर्दैछौँ ।” सातवटै वडामा कुहिने फोहरबाट मिथेन ग्याँस निकाल्ने र घरको पानी शुद्धीकरण गर्ने प्रविधि नमूनाको रुपमा परीक्षण गरिने सुवेदीले जानकारी दिनुभयो ।
फोहर व्यवस्थापनअन्तर्गत सचेतना, स्रोतकेन्द्र व्यवस्थापन, फोहर व्यवस्थापन र वर्गीकरण, शहरी वायोग्यास प्रविधि हस्तान्तरण, फोहर पानी व्यवस्थापन र पुनःप्रयोगका कार्यक्रम रहेको भरतपुर महानगरपालिकाका वातावरण अधिकृत सुशीला रेग्मीले जानकारी दिनुभयो ।
हरियाली प्रवद्र्धनअन्तर्गत महानगरलाई फलफूल बगँैचाको रुपमा परिणत गरिने उहाँले बताउनुभयो । फलफूलका बिरुवा वितरणका लागि टोल छनोट भइसकेको र नक्साङ्कनको काम छिट्टै शुरु गरिने उहाँले बताउनुभयो । “प्रत्येक वडाको दुई टोलमा बिरुवा वितरण गर्छौँ”, उहाँले भन्नुभयो, “प्रत्येक टोलमा २०० र प्रत्येक घरमा साना÷ठूला गरी सातका दरले बिरुवा वितरण गर्ने योजना बनाएका छौँ ।” सार्वजनिक स्थानमा रोपिने बिरुवा संरक्षणवापत केही रकमसमेत प्रदान गरिने रेग्मीले बताउनुभयो ।
कार्यक्रम कार्यान्वयन र सरोकारवालाबीच समन्वयका लागि सात सदस्यीय उपभोक्ता समितिसमेत निर्माण गरिएको छ । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कार्यक्रम सफल बनाउन उत्प्रेरणा र सहभागिता बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कल्पना गरेको समाज हामी आफैँबाट शुरुआत गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ ।”
कृषि तथा वन विज्ञान विश्वविद्यायलका सहायक डिन कल्याणी मिश्र त्रिपाठीले स्मार्ट घर, टोल र शहर निर्माणका लागि कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । “यो कार्यक्रमले घरमै स्वच्छ र स्वस्थ्य खान पाइन्छ”, उहाँले भन्नुभयो, “पर्यावरणलाई सन्तुलित राख्दै हरियाली प्रवद्र्धन हुन्छ ।” उहाँले फोहर व्यवस्थापनको दायित्व महानगरको मात्र नभएको र प्रत्येकले आफ्नो घरको फोहर आफँै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । (रासस)