चितवन महोत्सव आज सकिदैं, मुख्यमन्त्री पौडेलले समापन गर्ने

चितवन, माघ ४ ।
चितवन महोत्सवको १२औँ संस्करणको शुक्रवार समापन गरिंदैछ । प्रदेश नम्बर तीनका मुख्यमन्त्रीमा डोरमणि पौडेलले महोत्सवको समापन्न गर्ने कार्यक्रम रहेको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा महोत्सव सुरुभएको थियो । महोत्सवको समापनको मिति नजिकिदै गर्दा चितवन महोत्सव अवलोकनका लागि दर्शकहरुको आकर्षण झनै बढ्दै गएको छ । चितवन महोत्सवको नवौँ दिन बिहीबार मात्रै करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबारसम्म करिब साढे चार लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका उल्लेख गर्दै प्रधानले महोत्सवमा दर्शकहरुको सोचेको भन्दा राम्रो उपस्थिति भएको बताए । चितवनको ब्राण्ड बनिसकेको महोत्सवमा चितवनबाट मात्रै नभएर छिमेकी जिल्लाहरुबाट समेत अवलोकनकर्ताहरु आएका प्रधानले बताए ।
कृषि उपज प्रतियोगिता तथा शोभायात्राका उत्कृष्टहरुलाई पुरस्कार वितरण ः
महोत्सव अन्तर्गत बिहीबार कृषि उपज प्रतियोगिताका विजेताहरुलाई सम्मान एवम् पुरस्कृत गरिएको छ । कृषि परिसरमा ३ सय ७० विभिन्न कृषि उपज राखिएका थिए । ती मध्य उत्कृष्टहरुलाई पुरस्कृत गरिएको कृषि प्रदर्शनी संयोजक थीरप्रसाद धितालले बताए ।मौरी पालन, केरा खेती, सुन्तला खेती, तरकारी खेती , मेवा, कागती जस्ता उत्पादन प्रतियोगिात्मक प्रदर्शनीमा राख्नेहरु मध्य उत्कृट तिन तिन जनालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा तीन नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पुरस्कृत गरे । सो क्रममा उनले किसानहरुले बढी उत्पादन गर्ने लोभमा विषादी प्रयोग गरेर उत्पादन गर्दा क्यान्सरका बिरामीहरु बढ्दै गएको भन्दै अर्गानिक उत्पादनमा जोड दिए ।
यस्तै कार्यक्रममा महोत्सवको समुद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पुरस्कृत गरिएको छ । जिनि तथा संस्थागत विद्यालयका तर्फबाट आएका विद्यार्थी मध्य उत्कृष्टलाई पुरस्कृत गरिएको शोभायात्रा संयोजक रजनी मास्केले बताइन् ।सामुदायिक विद्यालय तर्फ बालकुमारी कन्या मा।वि प्रथम , बालकुमारी मा।वि द्धितिय,र आलिकवि भानु मा।वि तृतिय भए । निजि तर्फ न्यू होराइजन ई। स्कूल प्रथम, भृकुटी ई।स्कूल द्धितिय, र बालकुमारी ई।स्कूल तृतिय भए । उनीहरुलाई तीन नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पुरस्कृत गरेकाहुन् ।
चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुँदै आएको छ । महोत्सव परिसर भित्र रहेका सांस्कृतिक घर, फन पार्क, कृत्रिम चिडियाघर तथा जलयात्रामा दर्शकहरुको सहभागिता अत्यधिक रहेको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा नारायणी नदी किनारमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा यस पटक ५ सय ७० वटा स्टल रहेका छन् । करिव पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा करिब २५ करोडको रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

सांस्कृतिक कार्यक्रम समापनः
१२ औं चितवन महोत्सव को नवौं दिन बिहिबार सांस्कृतिक कार्यक्रमहरुको समापन गरिएको छ । पुस २६ गतेबाट सुरु भएका सांस्कृतिक कार्यक्रमको विशेष समारोहकाबीच समापन गरिएको हो । समापन समारोहमा मिस वल्र्ड नेपाल २०१८ श्रृंखला खतिवडा प्रमुख अतिथि रहेकीथिइन् । कार्यक्रममा मिस युनिर्भस नेपाल मनिता देवकोटा र हिडन ट्रेजर प्रा।लिका गोपाल सुन्दर कक्षपति विशिष्ट अतिथिका रुपमा आएकाथिए । महोत्सव अवधीमा लोक गीत प्रतियोगिता, पप गीत प्रतियोगिता, डान्सिङ स्टार—२०७५ र अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गरिएका थिए । सम्पूर्ण प्रतियोगिताका विजेताहरुलाई बिहिबार पुरस्कृत गरिएको छ ।
हरेक मेला महोत्सवमा अवलोकनकर्ताको संख्या बढाउन सांस्कृतिक कार्यक्रमको भूमिका महत्वपूर्ण रहने भएकाले चितवन महोत्सवमा पनि अवलोकनकर्ता बढाउन सांस्कृतिक कार्यक्रमका आकर्षणहरु विशेष बनेको चितवन महोत्सव २०७५ का सांस्कृतिक कायक्रम संयोजक रोहित श्रेष्ठले बताए ।
सांस्कृतिक कार्यक्रममा चर्चित हाँस्य कलाकार जितु नेपाल ९मुन्द्रे०, मेरी बास्सैका कलाकार घिरौंली र सापटी , कलाकार राजा राजेन्द पोखरेलको उपस्थितीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । सुर्के थैली , कुटुमा कुटु जस्ता सुपरहिट गीत गाएका राजनराज शीवाकोटी र छोरी गृष्मा शीवाकोटी ,ख्यातीप्राप्त गायक प्रजापति पराजुली, मिलन लामा ,निशा लामा ,माण्डवी त्रीपाठी , चेतन सापकोटा, सम्झना भण्डारीले महोत्सवको सांस्कृतिक कार्यक्रममा आकर्षण थपे । यस्तै जादुगर बलराम सरकारको प्रस्तुती निकै रोचक रह्यो । कार्यक्रममा नारायणी कला मन्दिर, विभिन्न डान्स सेन्टर, नेपाल दराई उत्थान समाज, नेपाल मगर संघ, थारु कल्याणकारिणी सभा, नेपाल कुमाल समाज सुधार समिति , तमु ह्यूला छोँज धिं, नेपाल तामाङ घेदुंग, दुरा सेवा समाज, नेपाल बोटे समाज , थकाली सेवा समिति र नेपाल चेपाङ संङघबाट प्रस्तुत नृत्यहरुले कार्यक्रमको भव्यता बढाउन साथ दिए ।
एशियन कंक्रिटो नेपालका कक्पनी डाइरेक्टर अनिल जटियाद्धारा महोत्सव अवलोकन ः
१२ औं चितवन महोत्सव अन्तर्गत मेड इन नेपाल परिसर प्रायोजन गरेको र एशियन कंक्रिटो नेपालका कक्पनी डाइरेक्टर अनिल जटियाले बिहिबार महोत्सव अवलोकन गरेकाछन् । नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको मेड इन नेपाललाई एशियन कंक्रिटो नेपालले प्रायोजन गरेको हो । एशियन कंक्रिटोले परिसरको हिँड्ने ठाँउमा पेभर्स विच्याएर सुन्दर बनाइदिएको छ । चितवन महोत्स्वको भव्यता अध्ययन गरेर नै प्रायोजनका लागि तयार भएको बताउने एशियन कंक्रिटो नेपालका कम्पनी डाइरेक्टर जटियाले उद्योगका उत्पादन प्रवद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । “चितवन हरेक क्षेत्रको विकासको गतिमा अग्रस्थानमा छ,” जटियाले भने,“ निर्माणक्रम बढी हुने जिल्लामा हाम्रो उत्पादन प्रवद्र्धन गर्न चितवन महोत्सव निकै उपयुक्त लाग्यो ।”
एशियन क्रंक्रिटोले जर्मन प्रविधिमा आधारित रहेर कंक्रिटका इटा, हलो ब्लक, कंक्रिट ब्लक, कंक्रिट स्ल्याव टाइल्स , रंगिन इटा, रंगिन स्ल्याव जस्ता निर्माण सामाग्री उत्पादन गर्दछ । एशियन क्रंक्रिटोका उत्पादनहरु वातावरणमैत्री रहेको उनको दावी छ । माटोको प्रयोग नहुने भएकाले खेतीयोग्य जमिनको नोक्सान नहुने , वातावरण संरक्षण हुने कारण सरकारी निकाय र सर्वसाधारण यसको प्रयोग गर्न इच्छुक रहेको समेत उनले बताए । जर्मनीबाट डिजिटल प्रविधिमा प्राप्त निर्देशन अनुसार यहाँ कंक्रिटका सामाग्री उत्पादन हुने भएकाले गुणस्तरमा शतप्रतिशत विश्वासिलो रहेको कम्पनी डाइरेक्टर जटियाले दावी गरे
भैरहवामा मुख्य कारखाना रहेको एशियन क्रंक्रिटोले उत्पादन सुरु गरेको ४÷५ महिना मात्र भएको छ । चितवनमा एक्सपेरियन्स सेन्टर सञ्चालनको तयारी गरेको कम्पनीले व्यक्तिगत घर देखि मल, ठूला संस्थान, अस्पताल, पेट्रोल पम्म र सरकारी भवन तथा सडक निर्माणलाई लक्षित गरी सामाग्री उत्पादन गरेको छ ।
चितवन महोत्सवको नवौं दिनसम्म महोत्सव अवलोकन गर्न आएका मध्य ९१ प्रतिशतले मेड इन नेपाल परिसर प्रवेश गरी कंक्रिटोबारे बुझेको एशियन क्रंक्रिटोका उपाध्यक्ष स्यामल झाले बताए ।“ यस अघि उपभोक्तलाई निर्माण सामाग्रीका यस्ता विकल्पहरुबारे जानकारी नै थिएन,” उपाध्यक्ष झाले भने ,“ हाम्रा उत्पादन प्रयोगका लागि उत्साहीत भएको पाएकाछौं ।”
६० एमएमका उत्पादनमा ५० टन भार क्षमता र ८० एमएमका उत्पादनमा ९० टनसम्मको भार क्षमता भएकाले एक पटक प्रयोग गरेपछि कम्तीमा २० वर्ष ढुक्क रहन सकिने कम्पनीको दावी छ । उत्पादन मंहंगो लागेपनि समग्र खर्चमा ८ देखि १० प्रतिशत कम लगानी पर्न आउने कम्पनीले दावी गरेको छ ।

ताजा अपडेट