चितवन १० असोज । गत एक वर्षमा छ हजार ६३ जना नयाँ क्यान्सरका रोगी थपिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले जानकारी दिएको छ ।
२३ औ वार्षिक उत्सव तथा १८ औ क्यान्सर सर्तकता दिवसको अवसरमा आइतबार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा हरेक वर्ष क्यान्सरका विरामी थपिदै गएको जानकारी दिएको हो । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर डेजकुमार गौतमले गत एक वर्षमा नयाँ ओपीडी सेवा लिने मात्रै २५ हजार चारसय ४६ जना भएका थिए भने जम्मा एकलाख ६४ हजार ५९५ जनाले ओपीडी सेवा लिएका छन् । ती सवै विरामी मध्य धेरै जसो दोहो¥याएर उपचार गर्न आउने विरामी रहेका छन् ।
गत एक वर्षमा आएका विरामी मध्य छ हजार ६३ जना नयाँ क्यान्सरका रोगी थपिएका छन् डाक्टर गौतमले भन्नुभयो । पुरानो विरामीले उपचार लिइराखेका छन् त्यसमा नयाँ थपिएको उहाले बताउनुभयो । क्यान्सर रोग लाग्नुको कारण र यसबाट बच्ने उपायको बारेमा सर्वसाधारणमा माझ व्यापक रुपमा लैजान सकेका रोग लाग्नबाट बच्न सकिने डाक्टर गौतमले बताउनुभयो ।
कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर निर्मल लामिछानेले नेपालमा मात्रै हरेक वर्ष २८ देखि ३० हजार जना क्यान्सरका नयाँ रोगी थपिने गरेको जानकारी दिनुभयो । ती मध्य गत वर्ष मात्रै भरतपुरको क्यान्सर अस्पतालमा ६ हजार ६३ जना नयाँ थपिएका छन् । यो अवस्था आउनु भनेको ज्यादै दुःखको विषय हो । क्यान्सर रोगीहरु अझै समाजमा रहेपनि परीक्षणको अभावमा सख्या बाहिर आउन नसकेको उहाले जानकारी दिनुभयो ।
क्यान्सर अस्पतालले रोगीको उपचार संगै रोग लाग्नबाट बच्नको लागि सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बच्नको लागि किशोरी बालिकाहरुलाई निःशुल्क खोप लगाउने गरेको छ । विद्यालयमा गएर ११ देखि १३ वर्ष उमेरका बालिकाहरुलाई खोप लगाएका छौ । गत वर्ष मात्रै ६ हजार बालिकालाई क्यान्सर विरुद्धको खोपलगाएको जानकारी दिनुभयो ।
एउटा खोपको शुल्क ४ हजार रुपियाँ पर्दछ । एक जना बालिकालाई दुइ पटक लगाउनु पर्ने त्यस्तो खोप १२ हजार लगाइएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । अस्पतालले अझैपनि खोपको कार्यक्रम सञ्चालन गरिराखेको जानकारी दिएको छ । ११ देखि १३ वर्ष उमेरका बालिबालिकाले अस्पतालमा आएर लगाउन चाहेमा त्यस्तो खोल लगाउने व्यवस्था रहेको जानकारी दिनुभयो । त्यो बाहेक समुदायमा रहेका स्वस्थ महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
अझैपनि सुर्ती जन्य पदार्थबाट हुने क्यान्सरका विरामीको सख्या अन्य भन्दा धेरै रहेको अस्पतालले जनाएको छ । फोक्सोमा हुने क्यान्सरको प्रतिशत उच्च रहेको जानकारी दिएको छ । अस्पतालमा आएका क्यान्सरका जम्मा विरामी मध्य १४.१० प्रतिशत फोक्सोमा लाग्ने क्यान्सरका विरामी, पाठेघरमा लाग्ने क्यान्सरका विरामी १२.३४ प्रतिशत, स्तनमा हुने क्यान्सर १०.४७ प्रतिशत रहेको छ । रक्त क्यान्सर, हड्डीमा हुने क्यान्सर, जिव्रोमा हुने क्यान्सरका विरामी पनि उच्च रहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार गएको एक वर्षमा चारहजार जनाको जटिल प्रकारको शल्यक्रिया गरेको छ भने दुइहजार ९४३ जनाले रेडियोथेरापी, १४ हजार ७६१ जनाले डे केयर सेवा लिएका छन् । ११ करोड ७ लाख रुपियाँ बराबरको निःशुल्क औषधि उपलब्ध गाएको छ । त्यस्तै गरी गरिब विपन्न तथा क्यान्सर रोग लागे वापत संघ सरकारले लिने प्रति व्यक्ति एक लाख रुपियाँको सहयोग गत एक वर्षमा १६ करोड ७६ लाख ७९ हजार रुपियाँको सहयोग गरेको जानकारी दिएको छ । अस्पतालले सोमबार असोज १० गते वार्षिक उत्सव तथा सतर्कता दिवस मनाउदैछ ।