किन लगाउने जनै , यस्ता छन् महिमा

 

 

काठमाडौँ २७ साउन । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उपाकर्म अर्थात् जनैपूर्णिमाको छुट्टै महत्व छ । विशेषतस् हिन्दू धर्मावलम्बीहरूले मनाउने यो पर्वको सुरुवात वैदिककालदेखि नै भएको शास्त्रहरूमा उल्लेख छ ।

विधिपूर्वक मन्त्रेपछि नयाँ यज्ञोपवीत ९जनै० धारण गर्ने भएकाले पनि यसलाई जनैपूर्णिमा भन्न थालिएको हो । वैदिककालमा वैदिक अध्ययनको आरम्भ गर्ने दिनलाई उपाकर्म ९जनैपूर्णिमा० भन्ने गरिएको शास्त्रहरूमा उल्लेख भएको नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक आमोदवर्धन कौण्डिन्न्यायन बताउँछन् ।

‘उपाकर्म भन्ने शब्द नेपाली समाजमा त्यति प्रचलित नभएकाले यसको अर्थ पनि प्रसिद्ध नभएको देखिन्छ । तसर्थ यसको शाब्दिक तथा लाक्षणिक अर्थ बुझ्नुपर्ने हुन्छ‚’ कौण्डिन्न्यायन भन्छन्‚ ‘सामान्यतस् ‘उपाकर्म’ शब्दले कुनै पनि कार्यको आरम्भ वा उपक्रमलाई बुझाउने भए तापनि यस प्रसंगमा भने उपाकर्म शब्दले शास्त्रीय विधिका साथ वेद पढ्ने कार्यको आरम्भ भन्ने बुझाउँछ ।’

उल्लेखित श्लोकले पनि जीवनमा कर्मको महत्व र विशेषतालाई बुझाएको छ । सत्कर्म, विद्या आर्जन, वेदाध्ययन गर्न सुरुमा उपनयन संस्कार गर्नुपर्ने र यज्ञोपवीत धारण गर्नुपर्ने भएकाले पनि यसलाई हिन्दू धर्ममा भएको षोडश संस्कारमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको छ ।

प्राचीन हिन्दूशास्त्रअनुसार कुनै पनि यज्ञको अनुष्ठान गर्दा उत्तरीय (कम्मरभन्दा माथि लगाइने वस्त्र) लगाएर मात्रै गर्ने गरिन्थ्यो । उत्तरीय नलगाई गरिएको कर्मको फल नपाइने भएकाले यज्ञका लागि उत्तरीय आवश्यक हुन्थ्यो । कालान्तरमा यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवीतको प्रयोग हुन थालेको पाइन्छ ।

आजभोलि यो पर्वमा रक्षाबन्धन बाँध्ने, श्रावणी कर्म गर्ने‚ ऋषितर्पणी कर्म गर्ने, यज्ञोपवीत धारण गर्नेलगायतका कर्महरू गरिँदै आए पनि वैदिक ग्रन्थअनुसार यसलालाई उपाकर्म संस्कार भन्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत धर्मशास्त्र विभागका प्रमुख प्रा। देवमणि भट्टराईले बताए । समयको परिवर्तनसँगै विभिन्न पौराणिक मान्यताले स्थान पाउँदै जाँदा श्रावण पूर्णिमालाई धेरै तरिकाले मनाउन थालिएको छ । विशेषगरी यज्ञोपवीत धारण गर्ने दिनका रुपमा यसलाई मनाइन्छ ।

व्रतबन्ध गरेको वटुको श्रावण शुक्ल पूर्णिमादेखि औपचारिक वेदाध्ययन सुरु हुन्छ । त्यसपछि उसले चारदेखि पाँच महिनासम्म वेदको अध्ययन गर्छ । तत्पश्चात क्रमशः उसले वेदका अङ्गहरू, जस्तै १) शिक्षा २) कल्प ३) व्याकरण ४) ज्योतिष ५) छन्द ६) निरुक्तको अध्ययन गर्नुपर्ने शास्त्रहरूमा उल्लेख गरिएको भट्टराई बताउँछन् । ‘वेदको अर्थ ज्ञानको राशि भन्ने हुन्छ । अब बालक वेद पढ्न अर्थात् ज्ञानार्जन गर्न सक्षम भयो भन्ने भएपछि निश्चित संस्कार गरेर उसलाई वेदको ज्ञान दिइन्छ । त्यो संस्कार अथवा कर्म नै उपाकर्म अर्थात् यज्ञोपवीत धारण गर्ने कर्म हो‚’ उनले भने ।

वैदिक परम्परा अनादि सिद्ध परम्परा भएको भन्दै उनले अक्षर चिनेर मात्र वेदको अध्ययन नहुने भएकाले गुरुको सम्मुखमा भएर सुनिएको कुरा अनुसरण गर्दै जानु, त्यसलाई व्यवहारमा उतार्न सक्नु अथवा मनन गर्नु महत्वपूर्ण हुने बताए । ‘यी सबै कुराका लागि पनि विद्यार्जनको आरम्भ गर्न यज्ञोपवीत धारण गर्नु जरुरी हुने शास्त्रहरूमा उल्लेख भएको’ पनि उनले बताए ।

आजभोलि व्रतबन्ध गर्दा चूडाकर्म‚ उपयनयन‚ वेदाध्ययन र समावर्तन गरी चारवटा संस्कार एकैदिन सिध्याउने चलन भए पनि चूडाकर्म सामान्यतस् एक वर्ष पुगेपछि तीन वर्षसम्ममा सक्नुपर्ने स्वतन्त्र संस्कार हो ।

पछिल्लो समय मानिसहरूमा जनै लगाउने संस्कार दिनदिनै हराउँदै गए पनि यो अनुशासनको सूचक भएको र जनै धारण गर्नाले आफूमा त्यस्ता केही कर्म छन्, जसलाई मैले पूरा गर्नुपर्छ भन्ने जिम्मेवारीबोध गराउनसमेत यसले सहयोग पुग्ने धर्मशास्त्रीहरू बताउँछन् ।

हिन्दूशास्त्रमा उल्लेखित षोडश संस्कारमध्ये सबैभन्दा महत्वपूर्ण जनैपूर्णिमा अर्थात् यज्ञोपवीत धारण गर्ने संस्कारलाई बताइएको छ । यज्ञोपवीत धारण नगरेको मानिस वेद अध्ययन‚ विद्या आर्जन गर्न योग्य नहुने शास्त्रीय मान्यता छ । वेदाध्ययन गर्न सुरुमा गरिने कर्म अनुष्ठानलाई उपाकर्म भन्ने गरिन्थ्यो, यो अनुष्ठानलाई शास्त्रीय रुपमा वेद अध्यापन गराउने गुरु र अध्ययन गर्ने शिष्य मिलेर गर्ने कर्मका रुपमा पनि व्याख्या गरिएको प्राध्यापक कौण्डिन्न्यायनले बताए ।

पौराणिककालमा विद्यार्जन गर्ने बाटो अहिलेको भन्दा भिन्न थियो । त्यसबेला गुरुकुलमा गएर गुरु सम्मुख रहेर विद्यार्जन गर्ने, वेदाध्ययन गर्ने चलन थियो तर, गुरुकुलमा विद्यार्जन गर्नक पहिला बालकको उपनयन ९व्रतबन्ध० संस्कार हुनु आवश्यक थियो । उपनयन संस्कार गराउने क्रममा गुरुले आफ्नो चेलालाई जिम्मेवारीबोध गराउँदै ऊमाथि रहेका तीन ऋण ९पितृ ऋण, देव ऋण र ऋषि ऋण० को बारेमा बुझाउँथे । यिनै ऋणबाट मुक्त हुने एउटा मात्रै साधन विद्यारज्ञान भएको र त्यसका लागि यज्ञोपवीत संस्कार आवश्यक भएकाले पनि यसलाई महत्वपूर्ण संस्कारका रुपमा हेरिएको हो ।

श्रावणी पूर्णिमाकै दिन द्विजातिले ऋषिपूजन गर्ने र नयाँ यज्ञोपवीतलाई अभिमन्त्रण गरी धारण गर्ने प्रचलन छ तर पारस्करगृह्यसूत्रको उपनयन–संस्कारको प्रकरण यज्ञोपवीत धारण गर्ने कुरा मूलरुपमा नआएर क्षेपक ९पछि थपिएको अंश० का रुपमा आएको उल्लेख भएको कौण्डिन्न्यायन बताउँछन् ।

यज्ञोपवीत संस्कार वृहस्पति, शुक्र अस्त नभएको समयमा गर्नुपर्ने प्राध्यापक भट्टराईले बताए । पूर्णिमाको दिन बिहानै उठेर नजिकैको नदी–तलाउमा गएर संकल्प, विधि र मन्त्रद्वारा स्नान गर्ने गरिन्छ, त्यसलाई श्रावणी स्नान पनि भन्ने गरिन्छ । समूहमा गएर स्नान गरिने भएकाले यसलाई गणस्नान पनि भनिने उनले बताए । त्यसपछि उपाकर्मका लागि पूजाका निश्चित विधि पूरा गरी सप्तर्षि, शिवजी र रक्षासूत्र ९यज्ञोपवीत० को पनि विशेष मन्त्रद्वारा पूजा गरेर जनै धारण गर्ने प्रचलन रहेको छ ।

शास्त्रीय नियमका प्रभावले नै आजभोलि लौकिक विद्याध्ययन गरी उच्च परीक्षा उत्तीर्ण हुनेलाई पनि स्नातक भन्ने चलन चलेको देखिए पनि विधिपूर्वक वेदवेदाङ्गको अध्ययन पूर्ण गरेका शुक्लयजुर्वेदाध्यायी स्नातकले गृहस्थाश्रममा प्रवेश गरेपछि आफू आचार्य ९गुरु० नभएमा श्रावणी पूर्णिमामा उपाकर्म नगर्दा पनि फरक नपर्ने तर व्रतबन्ध गरिसकेको व्यक्तिले गुरुकहाँ गएर वेदाध्ययन गरेको छैन भने उसले उपाकर्म गर्नुपर्ने प्राध्यापक कौण्डिन्न्यायनले बताए ।

यही दिन रक्षाबन्धन कार्यसमेत गर्ने परम्परा रहिआएको छ । रक्षाका निम्ति विधिपूर्वक अभिमन्त्रण गरेको डोरो पूरोहितको हातबाट नाडीमा बन्धन गरिने भएकाले यसलाई रक्षाबन्धन भनिन्छ । कालान्तरमा यसमा पनि विभिन्न रुपमा परिष्कृत भएर आए पनि पौराणिककालमा यो संस्कार आएको देखिने कौण्डिन्न्यायन बताउँछन् । रक्षाबन्धनको महत्व र महिमाका विषयमा पुराणहरूमा चर्चा पाइन्छ । पुरोहितले हातमा डोरो बाँध्दा येन बद्धो बली राजा दानवेन्द्रो महाबलस् । तेन त्वामभिबध्नामि रक्ष मा चल मा चल ।। ९अर्थात् जुन डोरोले दानवहरूमध्ये सबैभन्दा श्रेष्ठ अतिबलवान् दानवहरूका राजा बली बाँधिए, त्यही डोरोले तिमीलाई बाँध्दछु, हे रक्षाबन्धन डोरो तिमी यहाँबाट अन्त कतै नजाऊ० भन्ने जस्ता मन्त्रोच्चारण गरेर रक्षाबन्धन बाँध्ने प्रचलन छ । रक्षाबन्धन श्रावण शुक्लपूर्णिमामा मात्र नभई हरेक मंगलकार्य गर्दा पनि बाँध्ने गरिन्छ ।

श्रावणी पूर्णिमाकै दिनमा मात्र यज्ञोपवीत अभिमन्त्रण गर्नुपर्ने उल्लेख शास्त्रमा नभएकाले भारतमा जुनसुकै दिन भए पनि आवश्यक परेको समयमा यज्ञोपवीत मन्त्रिने गरिन्छ । ९आमोदवर्धन कौण्डिन्न्यायन, उपाकर्म, जनैपूर्णिमा र रक्षाबन्धन, २०५१, कान्तिपुर, कोसेली ( ख०

पछिल्लो समय पर्वहरूमा देखासिकी गर्ने प्रवृत्ति हावी हुँदा यी पर्वका धार्मिक र आध्यात्मिक महत्वको बारेमा अनभिज्ञ रहनु परेको सर्वस्वीकार्यजस्तै भइसकेको छ ।

बुद्धधर्ममा श्रावणी पूर्णिमाको महत्त्व

नेपालको बुद्धधर्म महायानरवज्रयान परम्परामा श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म ‘गुँला पर्व’ मनाउने प्रचलन छ । यो पर्व नेपाल संवत्को दशौं महिनामा पर्ने गर्छ । नवौं महिना पूरा भई दशौं महिनाको प्रवेशलाई गुणिला अथवा गुनिला महिना गुँलाध्वरगुँलागा भन्ने प्रचलन छ । यसै अवधिमा श्रावकयानी भिक्षुहरूको वर्षावास प्रारम्भ हुन्छ । प्रायस् सबै भिक्षुहरू विपश्यना र शमध अभ्यासका लागि विहारमा ध्यान, समाधिमा बस्ने गर्छन् । महायान र वज्रयानी साधकहरू‚ जो गृहस्थ बुद्ध परम्परा मान्छन् उनीहरूले यो महिनाभरि बौद्ध वेदको रुपमा मान्यताप्राप्त नवग्रन्थ पाठ, पूजा, ध्यान र समाधि गर्ने गरेको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत बौद्धदर्शन विषयका प्राध्यापक शान्त गुरुजुले बताए ।

यसैगरी यसै दिन बौद्ध विहारमा परित्राण धागो बाँध्ने, करुणामयका मन्दिरहरुमा पञ्चरक्षासूत्र बाँध्ने गरिन्छ ।

यो महिनामा लक्ष चैत्य व्रत बस्ने गरिन्छ । एक महिनासम्म व्रत बसी भगवान् बुद्धको ज्ञान‚ दर्शन सुन्नेरसुनाउनेस बौद्ध जातक अवदानहरू श्रवण गर्नेस शील पालना गर्ने, चैत्य परिक्रमा, दान, धर्म गर्नेस पुण्यका कर्महरू गर्ने महिनाको रुपमा यो महिनालाई हेरिएको छ ।

काठमाडौं उपत्यकाभित्र महायानी बौद्ध सम्प्रदायअन्तर्गतको नवग्रन्थहरू श्रद्धाभक्तिपूर्वक पाठ, पूजा र अभ्यास हुन्छन् ।

प्रज्ञापारमिता नमामि सततं गण्डादिव्यूहं दश
भूमीराज समाधिराजसहितं लङ्कावताराभिधम् ।।
सद्धर्मस्य च पुण्डरीक सदृशं ताथागतं गुह्यकं
लालित्यस्य च विन्तरं हि मनसा सौवर्णभासाभिधम् ।।

अर्थात्, ती ग्रन्थहरू प्रज्ञापारमिता, गण्डव्यूह सूत्रम्, दशभूमिक सूत्र, सुवर्णप्रभास सूत्र, समाधिराज सूत्र, लङ्कावतारसूत्र, सद्धर्मपुण्डरीक, दशभूमिक र तथागत गुह्यक सूत्र हुन् । ९दिव्य वज्र वज्राचार्य, नवसूत्र संग्रह०

नवग्रन्थ, नवव्याकरण, नवसूत्र आदि नामले पुकारिने यी शास्त्रहरूको पाठ प्रत्येक तीर्थमा शुभकर्म तथा अन्य पितृ कर्महरू गर्दा समेत गर्ने गरिएको प्राध्यापक गुरुजु बताउँछन् । ‘यी ग्रन्थहरूले सम्यक सम्बुद्ध बन्नका लागि नभई नहुने चर्या ९मुद्रा० हरूको व्याख्या गर्छन् । यसमा बुद्धजीवनी, बुद्ध सोपानको व्याख्या, विज्ञानवादी योगाचार, माध्यमिकवादी शून्यतालगायतको व्याख्या र विश्लेषण गरिएको छ । यी ग्रन्थहरू बौद्ध वेदको रुपमा प्रख्यात छन् । गुँला अवधिभर यिनै ग्रन्थहरूको पूजा गरिन्छ‚’ उनले भने ।

नेपाल भाषामा गुँ–पुन्हि भनिने गुँला अवधिभित्रै पर्ने श्रावण शुक्लपूर्णिमामा बुद्धका गुणहरूको स्मरण गर्ने गरिन्छ भने सोही दिन बुद्ध धर्मको वेद मानिने ‘नवग्रन्थ’ को स्मरण स्वरुप नौवटा गेडागुडीको क्वाँति खाने‚ बौद्ध विहारहरू भ्रमण गर्ने‚ बौद्ध देवी–देवताहरू‚ दिपंकर बुद्ध, अवलोकितेश्वर, करुणामयहरूको दर्शन गर्ने गरिएको र श्रावणी पूर्णिमाकै दिन बुद्धधर्मानुयायीहरूले बुद्ध, बोधिसत्वहरूलाई यथाश्रद्धा पिण्डपात्र दान, भोजनदान, पञ्चदान गरी पञ्चोपचार विधिद्वारा पूजा गरिने प्राध्यापक गुरुजुले बताए । कान्तिपुर दैनिकबाट

ताजा अपडेट