सञ्चारकर्मी सन्दीप श्रेष्ठ लायन्स क्लवकाे नेतृत्वमा

चितवन ।

लायन्स क्लब अफ चितवन सेन्ट्रलको १३ औं अधिवेशनले सञ्चारकर्मी सन्दीपकुमार श्रेष्ठको नेतृत्वमा नयांँ कार्यसमिति चयन गरेको छ ।  भरतपुरमा सम्पन्न अधिवेशनले बर्ष २०१९/२०का लागि  प्रथम उपाध्यक्षमा लायन दिपक बहादुर पोख्रेल, द्धितीय उपाध्यक्षमा अजामिन ढकाल,र तृतीय उपाध्यक्षमा सन्तोष मल्लिकलाई चयन गरेको छ । यसैगरी क्लबको सचिवमा मोहन केसी, सहसचिवमा अर्जुन क्षेत्री र कोषध्याक्षमा कमल प्रसाद उपाध्याय,सहकोषाध्यक्षमा कृष्णराज वाग्लेलाई चयन भएका छन । क्लबको अन्य पदाधिकारीहरु अन्र्तगत पि.आर.ओ दिपेन्द्र पौडेल ,टेलट्वीस्टर बिष्णु कुंँवर , टेएमरमा उमेश गुरुङ्ग, क्लब निर्देशकमा क्लबका संस्थापक अध्यक्ष लायन भोलानाथ पौडेल, खोमकान्त रेग्मी ,डाक्टर कृष्ण काफ्ले , भरत फूयांँल , कपिल राज ज्ञवाली,सन्तोषजनक भूषाल, सीताराम देवकोटा , एमजेफ लायन शैलेश पराजुली र गौरी भक्त वाग्ले रहेका छन । यस्तै अधिवेशनले बांँकी सदस्यहरुको मनोनयन आगामी बैठकमा गरिने क्लबले जनाएको छ ।
पदभारग्रहण पश्चात बोल्दै नवनिवार्चित अध्यक्ष सन्दीपकुमार श्रेष्ठले लायन्स बर्ष२०१९÷२०२० मा लायन्स क्लब अन्र्तराष्ट्रियको यसबर्षको बिशेष उद्धेश्य बाल क्यान्सर रोगको प्रभावलाई न्यूनिकरण गर्न संसारभरि जनचेतनामुलक कार्यक्रम तय गरेको हुंँदा यस उद्धेश्यलाई नेपालबाट सार्थकता दिने बताउनु भयो । आफूलाई थप जिम्मेवारी भएको महसुस गर्दै अध्यक्ष श्रेष्ठले समाजसेवासंँगै नेतृत्वविकास जोड दिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि रामप्रसाद भट्ट, बिशिष्ट अतिथि देवेन्द्र श्रेष्ठ, केशव देवकोटा,कपिलराज ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशन सुमन बर्तौलाको सभापतित्वमा सम्पन्न भएको हो ।

शेयर गरौ

ताजा अपडेट