संसद्मा रुलिङ ‘मूल्य वृद्धि किन ? बढ्नुको कारण देऊ’

 

काठमाडौं ७ असार । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि’ को विषयमा सरकारलाई ‘रुलिङ’ गरेका छन् । पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जवाफ दिन सरकारलाई निर्देशसमेत गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेको आग्रहपछि सभामुखले ‘रुलिङ’ गरेका हुन् ।

प्रतिनिधिसभा बैठकको सुरुमै सोमबार एमाले सांसद पदमा अर्यालले पेट्रोलिय पादर्थमा भइरहेको मूल्यवृद्धि’दयगत सरकारको ध्यानाकर्षण गराएकी छन् । मूल्यवृद्धि’दयगत सरकारलाई ‘रुलिङ’ गर्न आग्रह गर्दै उनले ‘नभए संसद् चल्न नसक्ने’ चेतावनीसमेत दिइन् । यसपछि सभामुखले ‘मूल्यवृद्धि’दयगत वास्तविकता जानकारी गराउन’ सरकारलाई निर्देश गरे ।

सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ बनाएपछि सांसदले सरकारको आलोचना गरे । बैठकमा बोल्ने केही सांसदले ‘सरकारले जनतामा आहत थपेको’ जिकिर गरे ।

एमाले सांसद तथा पूर्वमन्त्री अर्यालले इन्धनमा भारी मूल्यवृद्धि गरिएको भन्दै ‘सरकार जनताप्रति संवेदनशील नभएको’ आरोप लगाइन् ।

‘मूल्यवृद्धि भएजस्तो देखिए पनि यो यसले जनताको जीवनको हरेक अंगमा असर पर्छ,’ उनले भनिन्, ‘मूल्यवृद्धिबाट जनजीवन कष्टकर बन्दै गएको छ, यो एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । मूल्यवृद्धिको के बाध्यता आइलाग्यो रु’ विशेष समय लिएर बोलेकी अर्यालले ‘आजै जवाफका निम्ति रुलिङ गर्न’ सभामुखलाई आग्रह गरिन् । ‘जवाफ पाएपछि मात्रै संसद्को कारबाही अगाडि बढ्न सक्छ, नत्र सक्दैन,’ उनले भनिन् ।

सभामुखको रुलिङ थियो, ‘माननीय सदस्यले उठाउनुभएको कुराप्रति मेरो ध्यानाकर्षण भएको छ । र, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यस विषयमा सरकारले सत्यतथ्य सदनसमक्ष पेस गर्न निर्देश गर्दछु ।’

एमाले सांसद दामोदर भण्डारीले सरकारले एक महिनामै चार पटक मूल्यवृद्धि गरेको भन्दै हवाई भाडामा आक्रोश पोखे । ‘काठमाडौं–दुबईको भाडा १४ हजार छ, काठमाडौं–धनगढीको भाडा १५ हजार पुगेको छ,’ उनले भने, ‘मूल्यवृद्धिको मारमा जनताले ठूलो आहतको मार खेपिरहेको छ ।’

एमाले सांसद नवीना लामाले ‘आफूलाई बीपीको समाजवादको अनुयायी ठान्ने कांग्रेस र जनताको मुक्तिदाता ठान्ने माओवादी’ गठबन्धन सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको बताइन् । सबै क्षेत्रमा मूल्यवृद्धि भएका कारण जनताका घरमा चुलो बाल्न मुस्किल परेको उनको गुनासो छ ।

एमालेकै सांसद नवराज सिलवालले ‘यो सरकार नाफा कमाउने व्यापारी हो कि बिचौलिया हो रु’ भन्दै प्रश्न गरे । सरकारको ‘वेलफेयर स्टेट’वाला अनुहार नराम्ररी कुरूप बनेको उनले बताए ।

‘एकैरातमा मट्टितेल, डिजेलमा २७ रुपैयाँ प्रतिलिटर, पेट्रोलमा २१ रुपैयाँ प्रतिलिटर बढाएर सरकारले जनतामाथि मजाक गरिरहेको छ,’ उनले भने, ‘गठबन्धन सरकार आफ्नो कर्तव्यबाट च्यूत भएको जनताले अनुभूति गर्न थालेका छन् ।’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको उल्ल्ेख गरे ।

प्रतिनिधि सभाअन्तर्गत सोमबार उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले मूल्य बढाउनुपरेको सुनाए ।

‘पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको छ, सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार छैन,’ मन्त्री बडूले भने, ‘सरकारले बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको छ ।’ सरकार तत्कालका लागि १० रुपैयाँभन्दा बढी कर घटाउन सक्ने स्थितिमा नरहेको उनको भनाइ छ ।

गत २ असारको मूल्यअनुसार पेट्रोलको प्रतिलिटर २ सय ९ रुपैयाँ २८ पैसा पुगेको बताउँदै उनले १० रुपैयाँ घटाएर १ सय ९९ कायम गरेको उल्लेख गरे ।

मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७ सय ५१ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको जिकिर गरे । आयल निगमलाई अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको उनको भनाइ छ ।

उद्योगमन्त्री बडूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशभित्र भएका उद्योगको क्षमता विकास र रुग्ण उद्योग सञ्चालन गर्नेगरी आएको दाबीसमेत गरे । नेपालमा भएका राष्ट्रिय उद्योग ७० प्रतिशतभन्दा बढी चल्न नसकेको अवस्था रहेको उनले बताए ।

उद्योग मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले चिनी उद्योग संरक्षण गर्ने नाममा भन्सार दर बढाउँदा मूल्यवृद्धि भएको दाबी गरे । ‘सरकारले ४० प्रतिशत भन्सार दर लाग्ने भनेको छ तर देशमा भएका चिनी उद्योगको उत्पादनले माग धान्न सक्ने अवस्था छैन,’ उनले भने ।

/fhwfgL b}lgsaf6

शेयर गरौ

ताजा अपडेट