भरतपुर मेयर उमेदवार सुवेदीकाे घाेषणा: गर्भवती महिलालाई मासिक एकहजार भत्ता

चितवन, १७ बैशाख ।
भरतपुर महानगरपालिकाका मेयर पदका एमाले उमेदवार बिजय सुवेदीले आफू निर्वाचित भएको खण्डमा गर्भवती महिलालाई मासिक एकहजारका दरले भत्ता उपलब्ध गराउने घाेषणा गर्नुभएको छ ।
नेकपा एमाले भरतपुर-१२ ले आज गरेको चुनावी काेणसभामा बाेल्दै मेयर उमेदवार सुवेदीले यस्तो घाेषणा गर्नुभएको हाे ।
आमाहरुकाे स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई मध्यनजर गर्दै गर्भवती महिला दिदिबहिनीहरुकाे पाेषणमा भत्ताले सहयाेग मिल्ने सुवेदीले बताउनुभयाे ।
“आज आमाकाे मुख हेर्ने दिन अर्थात माता तीर्थ अाैंशी पनि हाे, सबै आमाहरु प्रति सम्मान छ। यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा गर्भवती महिलालाई मासिक एकहजारका दरले भत्ता उपलब्ध गराउने घाेषणा गर्दछु । “- सुवेदीले भन्नुभयो ।
निस्वार्थ , निश्पक्ष ढंगले काम गरि महानगरमा शुसासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेकाे उहाँले बताउनुभयो ।
भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सुवेदीले प्रतिवद्दता ब्यक्त गर्नुभयाे ।

कार्यक्रममा भरतपुर-१२ का वडा अध्यक्ष उमेदवार लेखराज पन्त हरीले वडावासीको सेवा गर्न आफू उमेदवारका रुपमा खडा भएको बताउनुभयो ।

वडा कमिटी ईन्चार्ज शेषमणि नेपालकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता डा.तीलचन्द्र भट्टराई, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्याैपाने लगायतले बाेल्नुभयाे ।
कार्यक्रम पार्टी वडा कमिटी सचिव शाेभा पण्डितले सञ्चालन गर्नुभएको थियाे ।

शेयर गरौ

ताजा अपडेट