फागुन ७,.
स्पेनिस लिग लिडर बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो लेगमा फ्रेन्च क्लब ओलम्पिक लियोनविरुद्ध प्रतिष्पर्धा गर्दै छ। बार्सिलोना पछिल्ला वर्षहरूमा युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा निस्प्रभावी देखिंदै आएको छ।
अन्तिम १६ का लागि मंगलबार राति १.४५ मा हुने भिडन्तमा बार्सिलोना तुलनात्मक रुपमा सहज मानिएको लियोनविरुद्ध मैदान उत्रदाँ सहज जितको खोजीमा हुने छ। तर पछिल्लो समय बार्सिलोना अस्थिर प्रदर्शनको सिकार भएको छ।
बार्सिलोनाले पछिल्ला ५ मध्ये ३ खेलमा बराबरी खेल्दा २ खेलमा जित निकालेको छ। त्यसैले बार्सिलोना निश्चित जितसहित पहिलो लेगमानै क्वाटरफाइनल यात्रालाई बलियो बनाउने ध्याउनमा हुने छ। कोपा डेल रे मा एथलेटिको क्लबसँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले गत आइतबार लालिगामा भने रियल भालाडोलीडलाई १–० को संघर्षपूर्ण खेलमा पराजित गरेको थियो।
५९ हजार दर्शक क्षमता रहेको लियोनको घरेलु मैदान ग्रुपमा स्टेडियममा हुने खेलमा बार्सिलोनालाई कडा चुनौती दिने छ। पछिल्ला पाँच खेलमा १ खेलमा मात्र पराजित भएको लियोन फ्रेन्च लिग वानको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ।
लियोनले पछिल्ला पाँच खेलमा लिग वानअन्तर्गत शीर्ष स्थानको पिएसजीसँग २–१ ले पराजित भएयताका कुनै पनि खेलमा हार ब्योहोरेको छैन। त्यसैले सोहि लयलाई बार्सिलोनाविरुद्ध पनि कायम राख्ने विश्वास लिएको छ।
चारवर्षदेखि क्वाटरफाइनलमै सिमित बार्सिलोना पछिल्लो चार वर्षयता क्वाटरफाइनलमा नै सीमित भएको छ।