प्रजातन्त्र दिवसमा रत्ननगरका मेयरद्धारा शुभकामना संदेश

रत्ननगर ०७ फागुन ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले प्रजातन्त्र दिवसको अबसरमा सम्पूर्ण नगरवासीमा शुभकामना दिएका छन । दिवसको अबसरमा मंगलवार शुभकामना सन्देश जारी गर्दै मेयर वनले नगरको समृद्धिका लागि एकजुट हुन आग्रह गरेका छन । सबैको प्रयास र प्रयत्नले मात्र रत्ननगरलाई रत्न बनाउन सकिने भन्दै मेयर वनले नेपालकै नमुना नगरपालिकाको रुपमा रत्ननगरलाई विकास गर्ने काममा सहयोग गर्ने आग्रह गरेका छन । शुभकामना सन्देशमा मेयर वनले सबैको सहयोगबाट मात्र रत्ननगरले आफ्नो उचाई हासिल गर्न सक्ने उल्लेख गरेका छन । नगरलाई विकासको उचाईमा पु¥याउन आफु प्रयत्नशिल रहेको भन्दै मेयर वनले नगरवासीको विकास र समृद्धिको चाहना छिट्टै पुरा हुने विश्वास दिलाएका छन । शुभकामना सन्देशमा मेयर वनले नयाँ संविधानले मुलुकको लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाएको भन्दैे नयाँ संविधानले सबैको इच्छाचाहना पुरा गरेको उल्लेख गरेका छन ।

ताजा अपडेट