भरतपुर -२ मा युवा क्लव गठन

अमिर रामदाम,
चितवन, ७ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर २ अन्तर्गत सोमबार युवा क्लव गठन गरिएको छ । सोहन श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ॠतु कट्टेल, सचिवमा जेनिश कर्माचार्य, कोषाध्यक्षमा सुविता मरहठ्ठा, सदस्यहरूमा अमिर रामदाम, राजन सेन्चुरी, आशिष रामदाम, निराजन श्रेष्ठ, मञ्जिल वाग्ले, प्रविन भट्टराई, एलिना थपलिया, स्वेता मल्ल, आशिष अधिकारी, सोनिका पौडेल, अपेक्षा पौडेल चयन भएका छन् ।
सो क्लब राष्ट्रिय यूवा परिषदद्वारा जारी गरिएको यूवा क्लब गठन तथा यूवा संसद संचालन कार्यविधि,२०७५ अनुसार गठन गरिएको हो । क्लबको संरक्षकमा वडा सदस्य विष्णु प्रसाद अधिकारीलाई चयन गरिएको छ ।
त्यस्तै यूवा क्लबको समयावधि दुई वर्ष को रहनेछ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा २ का सदस्य तथा कार्यपालिका सदस्य धनकुमारी विश्वकर्मा, नेपाल पत्रकार महासंघ चितवन शाखाको उपाध्यक्ष शान्ता अधिकारी, देवघाट क्षेत्र विकास समिति सदस्य नवराज ढकाल, रामकृष्ण टोल विकास संस्थाका अध्यक्ष महेन्द्र वाग्ले, शितलशान्ति टोल विकास संस्थाका अध्यक्ष जयराम खत्री, नमूना आदर्श नगर टोल विकास संस्थाका अध्यक्ष वुद्धिकुमार श्रेष्ठ, रामेश्वर टोल विकास संस्थाका अध्यक्ष एकराज कडरियाको उपस्थीति रहेको थियो ।
कार्यक्रम वडा नम्बर २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट