फागुन ५, चितवन ।
बागेश्वरी असल शासन क्लब बास नवलपुरको प्रथम अधिबेशनले लक्ष्मी पौडेलको नेतृत्वमा नया कार्यसमिती चयन गरेको छ । आज गैडाकोटमा भएको तेस्रो साधारण सभा तथा प्रथम अधिबेशनले पौडेलको नेतृत्वमा १५ सदस्यिय नया कार्यसमिती चयन गरेको हो ।
अधिवेशनले निवर्तमान अध्यक्षमा यदुनाथ सिग्देल, उपाध्यक्षमा बेदप्रसाद काफ्ले, सचिवमा तेजेन्द्र राना, कोषाध्यक्षमा राजेन्द्र पौडेल र सदस्यहरुमा गोपाल प्रसाद सापकोटा अनिल परियार युग परियार बद्री प्रसाद रिमाल र प्रदिप चौधरीलाइ चयन गरेको छ ।
संस्थाको सहसचिव र अन्य सदस्य पछि थप गर्ने निर्णय भएको निर्वाचन मन्डलका संयोजक तथा बास केन्द्रिय अध्यक्ष मन भन्डारिले जानकारी दिनुभयो ।